भारतिय कलाकार राजपाल यादवले नेपाली हिरोईनलाई यस्तो भिडियो सन्देश पठाएपछि (भिडियो हेर्नुहोस)
याे समचार पनि पढ्नुहोस्
नेकपा (एमाले) अध्यक्ष केपी ओलीले रामबहादुर थापा ‘बादल’लाई बागमती प्रदेश इन्चार्ज बनाएका छन् । शुक्रबार ओली अष्टलक्ष्मी शाक्यलाई हटाएर बादललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएका हुन् । पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयको विरोधमा उत्रिएकी शाक्यलाई हटाएर ओलीले पूर्वमाओवादी नेता बादललाई नयाँ जिम्मेवारी दिएका हुन् ।
त्यस्तै एमाले अध्यक्ष केपी ओलीले भीम रावललाई ह’टाएर एमाले सूदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी लेखराज भट्टलाई दिएका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले शुक्रबार प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेका हुन् ।बैठकले महाधिवेशनको मिति तोक्नुका साथै नेताहरूको जिम्मेवारी समेत तोकेको छ ।
बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा समाहित भएका रामबहादुर थापा बादललाई वागमती प्रदेशको इन्चार्ज बनाएको छ ।बादलसहित २३ जना माओवादी नेता एमालेको केन्द्रीय कमिटीमा मनोनीत भएका छन् ।त्यस्तै सातै प्रदेशका इन्चार्ज र सहइन्चार्ज पनि तोकिएका छन् ।
प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तो’किएका छन् ।त्यस्तै बैठकले सं’गठन विभागको प्रमुखको जिम्मा विष्णु पौडेललाई दिएको छ भने विदेश विभागको जिम्मेवारी डा. राजन भट्टराईले पाएका छन् ।
प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीले पाएका छन् । स्कूल विभाग प्रमुखको जिम्मेवारी भने ओली आफैंले लिएका छन् । अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारी भने नराख्ने जानकारी ओलीले गराएका छन् ।नेकपा विभाजनपछि ओली पक्षले बनाएका सबै कमिटी र ज’नसंगठनका नेतृत्वसमेत हाललाई यथावत रहने अध्यक्ष केपी शर्मा ओलीले बैठकमा जानकारी दिएका छन् ।
ओलीले अर्को बैठक चैत ७ गते बस्ने जानकारी दिदै आजको बैठकमा नआएका माधव नेपालहरुलाई पनि जानकारी दिन महासचिव ईश्वर पोखरेललाई निर्देशन दिएको एक केन्द्रीय सदस्यले बताए ।ओलीको भनाइ उदृत गर्दै ती सदस्यले भने, ‘खबर गर्न छु’ट्नुभएकाहरुलाई अर्को बैठकमा खबर गर्नू ।
माधवजीहरुलाई खबर पुगेको रहनेछ भने पनि पुर्याइदिनू । आउनु हुन्छ कि आउनुहुन्न तर पनि खबर चाहिँ गर्नुपर्छ ।’साबिकको नेकपा दुई खेमामा विभाजित हुँदा ओलीतिर लागेका बादलसहितका नेताहरु माओवादी केन्द्र फ’र्किएका थिएनन् ।