Home News दु’खद घटना: शनिबार बिहानै काठमाडौँ जाँदै गरेको बस र ट्रक ठो’क्किँदा तीनजनाको...

दु’खद घटना: शनिबार बिहानै काठमाडौँ जाँदै गरेको बस र ट्रक ठो’क्किँदा तीनजनाको मृ’ त्यु

185
0

झापाको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना ४ अ ५१४९ नम्बरको यात्रुबाहक बस र वि’परीत दिशातर्फ जाँदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक शनिबार बिहान हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६ सुनाचुरीमा दु’र्घटना हुँदा तीनजनाको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा बसका चालक वीरगञ्ज महानगरपालिका–१५ बस्ने ३५ वर्षीय मदनकुमार थापा क्षेत्री, बसमा सवार भारत सिस्वा बस्ने अ’भयलाल कुसुवाह र भारतको बिहार बस्ने सुनिल कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उनका अनुसार, दु’र्घटनामा परी ग’म्भीर घा’इते भएका बस चालक थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शनिबार बिहान ५ बजे, बसमा सवार अभयलालको उपचारको लागि हेटौँडा अस्पताल ल्याएको र चिकित्सकले मृ’त घोषणा गरेको र दु’र्घटनामा ग’म्भीर भएका सुनिललाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको र चिकित्सकले मृ’त घो’षणा गरेको हो ।

सोही दु’र्घटनामा परी ट्रक चालक, सहचालक गरी तीन र बसका सात गरि १० जना घाइते भएका छन् । घाइते सबैको चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।उक्त बसमा अन्दाजी ३५ यात्रु सवार थिए ।तीमध्ये सातमात्रै घा’इते रहेको जनाइएको छ । उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here