Home Health जिउँदाे तयारी कुखुराको मूल्यमा कार्टेलिङ गरेकाे भन्दै आन्दोलनको तयारीमा किसान

जिउँदाे तयारी कुखुराको मूल्यमा कार्टेलिङ गरेकाे भन्दै आन्दोलनको तयारीमा किसान

130
0

काठमाडौं । तयारी कुखुराको मूल्य मिलेमताे (कार्टेलिङ) गरी घटाएको भन्दै राष्ट्रिय कुखुरा पालक किसन संघर्ष समितिले आन्दोलन गर्ने तयारी गरेको छ । कुखुराको चल्ला, दाना, औषधिउपचार र स्वास्थ्य सेवा सबैमा बढी लागत रकम तिरेर उत्पादनको गरेको तयारी कुखुराको मूल्यमा समेत कम गरी किसानाले लागत मूल्यसमेत नपाउने अवस्था भएको भन्दै उनीहरु आन्दोलनमा उत्रिने भएका हुन् । कार्टेलिङको विरोधमा भोलि तिनकुनेमा कुखुरा पालक किसानहरु भेला हुने समितिका संयोजक दीपक बस्ताकोटीले बताए ।

‘तयारी कुखुराको मूल्यमा ह्याचारी र दाना उद्योगीहरुको कब्जा र कार्टेलिङ छ,’ उनले भने, ‘बजारले मूल्य निर्धारण गर्न नपाउँदा हामी किसान मारमा छौं ।’

ह्याचरी उद्योगी र दाना उद्योगीले नेपालको पुरै पोल्ट्री बजार नै कब्जामा राखेको र मूल्यमा कार्टेलिङ गरी कुखुरा पालक किसानलाई घाटा पारेको उनको भनाइ छ । पछिल्लो पटक ब्रोइलर तयारी कुखुराको प्रतिकिलो मूल्य १ सय ९० रुपैयाँ बनाएपछि प्रतिकिलो ३० रुपैयाँ नोक्सान हुने भन्दै उनीहरु आन्दोलनको तयारीमा लागेका हुन् ।

‘एउटा चल्ला २२ रुपैयाँमा तयार हुन्छ,’ उनी भन्छन्, ‘त्यसलाई २५ रुपैयाँमै बेचे पनि प्रतिगोटा ५ रुपैयाँ नाफा हुन्छ । तर, उनीहरु प्रतिचल्लाको मूल्य सकेसम्म प्रतिगोटा ७० सम्ममा नभएपछि ५० रुपैयाँभन्दा माथिमै राख्न चाहन्छन् । उनीहरुकै नियन्त्रणमा कुखुराको बजार व्यवस्थापनका लागि एउटा संघ गठन गरेका छन् । उक्त संघका अध्यक्ष जंगबहादुर विसी छन् । अध्यक्ष विसी कोल्डस्टोर अर्थात् कुखुराको मासु व्यवसायी नै हुन् । तर, उक्त संघबाट हुने निर्णय दाना उद्योगी र ह्याचरी उद्योगीले गर्छन् । दाना र ह्याचराी उद्योगीले जति भन्छ, त्यती रुपैयाँ नै त्यो संघले तयारीको कुखुराको मासुको प्रतिकिलो मूल्य तोक्ने गरेको छ । र, किसानलाई घाटा परे पनि त्यही मूल्यमा बजारमा तयारी कुखुरा विक्री वितरण हुने गरेको छ ।’

मूल्यमा यस्तो किसिमको कार्टेलिङ कानुनविपरीत भएकोले सञ्चारमाध्यमसँग भने उनीहरुले उनीहरु बजारले नै मूल्य निर्धारण गर्ने बताउने गरेको अनुभवसमेत बस्ताकोटीले सुनाए । ‘आन्तरिक रुपमा आफूहरुले नै कार्टेलिङ गरी आफू अनुकनल कुखुराको मूल्य निर्धारण गर्ने, आन्तरिक रुपमा व्यवसायीहरुलाई सकुर्लर गर्ने गर्छन्,’ उनले भने, ‘अनि मूल्य निर्धारण बजारले गरेको हल्ला चालउँछन् ।’

अहिले प्रतिगोटा चल्लाको मूल्य ६० देखि ७० को हाराहारीमा छ । दाना प्रतिकिलो ६० रुपैयाँ पर्छ ।

‘४५ दिनसम्म चल्ला किनेर पाल्दा चल्लाको मर्ने दर १० प्रतिशतभन्दा बढी नै आउँछ । अर्थात् हजार चल्ला पाल्दा १०० चल्ला नबिक्दै मर्छन्,’ उनले भने, ‘स्वास्थय उपचार, हेरचाह, परिश्रम जोड्दा प्रतिकिलो तयारी कुखुराको २ सय १० रुपैयाँ पर्छ । तर, कुखुराको बजार व्यवस्थानका लागि बनाइएको उक्त संघले भोलिबाट लागू हुने गरी प्रतिकिलो जिउँदो ब्रोइलर कुखुराको मूल्य १ सय ९० रुपैयाँ तोकेको छ । यसले प्रतिकिलो ३० रुपैयाँ किसानलाई घाटा हुन्छ । नाफा त हुने कुरै भएन । त्यसो हुँदा हामीले आन्दोलन गर्नुपर्ने बाध्यतामा छौं ।

आन्दोलनको स्वरुप कस्तो हुने भन्नेबारे भेला पछि नै निर्णय हुने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here