Home News भर्खरै हेर्नुहोस्, ओलीले मच्चा*ए तह*ल्का: कसैले फुर्ती नगर्दा हुन्छ, ओलीवि*रुद्ध लाग्नेहरुको सा’त्तो...

भर्खरै हेर्नुहोस्, ओलीले मच्चा*ए तह*ल्का: कसैले फुर्ती नगर्दा हुन्छ, ओलीवि*रुद्ध लाग्नेहरुको सा’त्तो ग’यो (भिडियो हेर्नुहोस)

251
0

सरकारले प्रदेशको राजधानीसँग हालसम्म नजोडिएका स्थानीय तहलाई जोड्न सडक सञ्जाल निर्माण गर्ने भएको छ ।हालसम्म पक्कि सडकले प्रदेश राजधानीसँग नजोडिएका २८३ वटा स्थानीय तहलाई सडक सञ्जालले जोड्ने काम सुरु गरिने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा स्वीच अन गरी सो कार्यक्रमको शुभारम्भ गर्दै हुनुहुन्छ । प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम अन्तर्गत सञ्चालन गरिने सडक निर्माणको कार्य सातवटै प्रदेशमा एकसाथ सुरु हुँदैछ ।

प्रधानमन्त्रीले शुभारम्भ गर्नुभएपछि सडक सञ्जालले नजोडिएका स्थानीय तहका जनप्रतिनिधि र सम्बन्धित प्रदेशका मुख्यमन्त्रीले निर्माण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुहुने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । सडक सञ्जाल निर्माणका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार तीनै तहले संयुक्त लगानी गर्ने समझदारी भएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम संघीय सरकारले यस वर्षका लागि ५ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

सडक सञ्जालले नजोडिएका २८३ वटै स्थानीय तहमा आगामी पाँच वर्षभित्र सडक पुर्‍याइसक्ने लक्ष्य रहेको स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक ईश्वर माथेमाले बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here