Home News एउटै पिताका 47 जना सन्तान, एउटै छानामुनी यसरी बस्छन, मन बहकाउने युबराजको...

एउटै पिताका 47 जना सन्तान, एउटै छानामुनी यसरी बस्छन, मन बहकाउने युबराजको कथा । (भिडियो हेर्नुहोस्) सहयोग स्वरुप सेयर गराै

329
0

एउटै पिताका 47 जना सन्तान, एउटै छानामुनी यसरी बस्छन, मन बहकाउने युबराजको कथा । (भिडियो हेर्नुहोस्) सहयोग स्वरुप सेयर गराै

याे समचार पनि पढ्नुहोस्
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेका बेला शनिवार बिहान नेकपा एमालेका उपाध्यक्ष भीम रावल पेरिसडाँडा पुगेपछि फेरि प्रचण्ड-माधव पक्ष मिल्न लागेको हल्ला चल्यो ।केहीबेर माओवादी नेताहरुसँग भेटेर फर्किएका रावल नयाँ बानेश्वरको अर्याल होटलमा माधव नेपाल पक्षको बैठकमा सहभागी भएका छन् ।

एमाले अध्यक्ष ओलीले पार्टीमा जिम्मेवारी हेरफेरपछि नेपाल पक्ष अप्ठेरोमा परेको बेला रावलको पेरिसडाँडा प्रवेशलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने भीम रावल व्यक्तिगत कामले पेरिसडाँडा आएको बताए । श्रेष्ठले रावल सत्ता समीकरण र पार्टी एकताबारे छलफल गर्न नआएको प्रतिक्रिया दिए ।

उता कर्णाली प्रदेशको नेकपा माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित दुईजना प्रदेशसभा सदस्यहरुको पद धरापमा परेको छ । दैलेखबाट निर्वाचित सांसद धर्मराज रेग्मी र सुर्खेतबाट निर्वाचित सांसद ठम्मर विष्ट दुवैजना नेकपा एमालेको केन्द्रीय सदस्य मनोनित भएका छन् ।

सांसद रेग्मी केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सचिवमा नियुक्त भएका छन् भने सांसद विष्ट केन्द्रीय सदस्यमा नियुक्त भएका छन् । १३ सांसद रहेको माओवादी केन्द्रबाट दुई सदस्य एमालेमा लागेपछि अब माओवादी केन्द्रमा ११ जना मात्रै प्रदेश सभा सदस्य छन् ।‘उहाँहरु एमालेमा प्रवेश गरेको खबर मिडियाबाट मैले थाहा पाएको हो ।

उहाँहरु हाम्रो पार्टीमा नफर्केको खण्डमा कानून अनुसार अब नेकपा माओवादी केन्द्रको कारवाही पर्नुहुन्छ ।’ नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालप्रेससँग भने, ‘केहि दिनमै हामी औपचारीक निर्णय गर्छौं ।उहाँहरुको पद जान्छ ।’

नेपालको संविधानको धारा १८० को ‘ङ’ मा जुन दलको उम्मेदवार भई सदस्य निर्वाचित भएको हो, त्यस्तो दलले संघीय कानून बमोजिम निजले दल त्याग गरेको कुरा सुचित गरेमा मात्रै प्रदेश सभा सदस्यको पद रिक्त हुने व्यवस्था छ । यहि व्यवस्थालाई टेकेर दुवै जनालाई सांसद पदबाट मुक्त गराईने मुख्यमन्त्री शाहीको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here