Home News Exclusive:बैदेशिक रोजगार पठाइएकी कमला बिरामी भन्दै छोडियो|महानिर्देशक कुमार दाहालको जवाफ यस्तो (भिडियो...

Exclusive:बैदेशिक रोजगार पठाइएकी कमला बिरामी भन्दै छोडियो|महानिर्देशक कुमार दाहालको जवाफ यस्तो (भिडियो हेर्नुहोस)

148
0

Exclusive:बैदेशिक रोजगार पठाइएकी कमला बिरामी भन्दै छोडियो|महानिर्देशक कुमार दाहालको जवाफ यस्तो (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पुनः संसद विघटन गर्ने बताएका छन् ।आइतबार साँझ प्राइम टेलिभिजनसँग कुरा गर्दै प्रधानमन्त्री अ‍ोलीले एमाले बाहेकका पार्टीले सरकार बनाउन नसकेपछि संविधानअनुसार संसद् विघटन हुने बताएका छन् ।

ओली भने, ‘म फेरि त्यस्तो गल्ती दोहो¥याउँदिनँ, एमालेबाहेकको सरकार बन्न सकेन भने, कसैले मत पु¥याउन सकेन भने त संविधानअनुसार नै संसद् विघटन हुन्छ ।’प्रधानमन्त्री ओलीले अदालतमा मुद्दा हारेकै कारण राजीनामाको नैतिक दायित्व आफूसँग नभएको बताए ।

प्रधानमन्त्रीलाई विपक्षी बनाएर गलत मनासायबाट मुद्दा दायर समेत हुने गरेको भन्दै कतिपय मुद्दा हारेबापत नैतिक दायित्व लिनुपर्ने अवस्था नरहेको ओलीले बताएका थिए ।उनले सुध्रिएर आए माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सहकार्यको सम्भावना पुनः रहेको समेत बताए। प्रचण्डले आफूलाई सुधार हुनुपर्ने भन्ने अभिव्यक्तिलाई भने बहसको आवश्यकता नभएको जवाफ दिए ।

उनले भने, ‘प्रचण्डसँग सहकार्य हुन्छ, उहाँ सप्रिनुभयो भने सहकार्य हुन्छ । उहाँ पनि यही लोकतान्त्रिक प्रणालीभित्र हुनुहुन्छ । निर्वाचन प्रणालीलाई मान्नुभएको छ । किन सहकार्य नहुनु ? तर, उहाँ सप्रिनुपर्‍यो ।’अन्तर्वार्ताकै क्रममा ओलीले नेपाल-भारत सम्बन्धलाई मित्रताको नयाँ उचाइमा पुर्‍याउने प्रयत्न गरेको दाबी गरे।

विघटन अघि नै माधव नेपाल पक्षले ‘तमासा’ देखाएको उनले टिप्पणी छ । अदालतले पुनर्स्थापना गरे पनि आफूले संविधानसम्मत देखेर नै प्रतिनिधिसभा विघटन गरेको जिकिर गरे। माधव नेपाललाई आफूले भित्तामा नपुर्‍याएको बताउँदै उनले आफैँ भित्तामा उभिन पुगेको तर्क गरे ।

लोकतान्त्रिक आदोन्दोलन, कम्युनिस्ट आन्दोलन र विकासको अभियान समाप्त पार्ने योजनामा माधव नेपाल पक्ष रहेको उनले आरोप लगाएका थिए । पार्टीका नेताहरु पदको पछि लागेकाले जिम्मेवारी मुक्त गर्नुपरेको उनले बताए । आफूमाथि माधव कुमार नेपाल पक्षले कारबाही गर्ने अभियान चलाएको तर देश र जनताका पक्षमा काम गर्न नदिएको ओलीले तर्क गरेका थिए ।आफूले गरेका निर्णय मन नपरे चैत ७ गतेको केन्द्रिय समिति बैठकमा आएर छलफल गर्न सुझाव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here