Home News भर्खरै सकियो ओली – नेपालबीचको वार्ता, एमाले नेता कार्यकर्तामा खुशीयाली , के...

भर्खरै सकियो ओली – नेपालबीचको वार्ता, एमाले नेता कार्यकर्तामा खुशीयाली , के भयो सहमति (भिडियो हेर्नुहोस)

168
0

नेकपा एमालेको दुई पक्ष केपी शर्मा ओली र झलनाथ खनाल( माधवकुमार नेपाल समूहबीच भएको वार्ता २८ फागुनको निर्णयमा अड्किएको छ ।विभाजन उन्मुख भएको दुई समूह सोमबार पहिलो पटक औपचारिक वार्तामा बसेका थिए ।

पार्टी कार्यालय धुम्बाराहीमा भएको वार्तामा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायतका शीर्ष नेताहरु सहभागी भएका थिए ।वार्तामा नेपाल समूहले २८ फागुनमा अध्यक्ष ओलीले गरेको पदाधिकारी हटाउने लगायतका एकलौटी निर्णय रद्ध हुनुपर्ने बताएका छन् ।

सर्वोच्चको फैसलाले एमाले २ जेठ २०७५ मा फर्किएकाले त्यो नै प्रस्थान विन्दु हुनुपर्ने नेताहरुले बताएका छन् । ‘अध्यक्षबाट त्यसअनुसार स्वीकार गरेको सुन्न पाएनौं’ उपाध्यक्ष भीम रावलले भनेका छन् ।प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिलेर अघि बढ्न माधवकुमार नेपाल पक्षलाई आग्रह गरेका छन् ।

माधव नेपाल पक्षले भने फागुन २८ गते ओली पक्षले एकतर्फी ढंगले गरेको निर्णय बदर गर्नुपर्ने अडान राखेको छ ।पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमवार भएको छलफलमा ओलीले मिलेर अघि बढ्न प्रस्ताव गरेका थिए । महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई जिम्मेवारीविहीन बनाउने तथा प्रदेश इन्चार्ज हेरफेर गर्ने निर्णय खारेज गर्न नेपाल पक्षले माग गरेको छ ।

बैठकपछि नेता रघुजी पन्तले कुराकानी सकारात्मक ढंगले भएको बताए । ‘दुवै पक्षले आफ्नो अडान राख्ने कुरा भयो, सकारात्मक ढंगले छलफल शुरू भयो,’ पन्तले भने । बैठक पछी नेता प्रदीप ज्ञवालीले बार्ता सकारात्मक भएको र निरन्तर छलफल चलिरहने बताए ।

बैठकमा अध्यक्ष ओली पक्षबाट महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ र प्रदीप ज्ञवाली लगायत नेताहरू सहभागी छन् । नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, रघुजी पन्त लगायत नेताहरू सहभागी छन् ।

चैत्र ७ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा एमालेका शीर्ष नेताबीच छलफल भएको छ । प्रतिनिधिसभा विघटन भएपछि ओली र नेपालबीच यसरी औपचारिक छलफल भएको थिएन ।फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एकतालाई बदर गर्दै एमाले ब्युताइदिएपछि ओली र नेपाल पक्षबीच संवाद हुन सकेको थिएन ।सोमवारको भेटवार्तापछि एमाले विवादमा ‘आइसब्रेक’ भएको ठानिएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here