Home News ओलीको यस्तो चे*ताव*नीपछि नेपाल पक्षमा खैलाबैला, अकस्मात पत्रकार सम्मेलन मार्फत यस्तो निर्णय

ओलीको यस्तो चे*ताव*नीपछि नेपाल पक्षमा खैलाबैला, अकस्मात पत्रकार सम्मेलन मार्फत यस्तो निर्णय

206
0

राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ४ बजेको लागि बोलाएको सर्वदलीय बैठकमा नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल नजाने भएका छन् । आफ्नो पक्षको भोलिको राष्ट्रिय कार्यकर्ता भेलाको तयारीमा व्यस्त रहने भएकोले राष्ट्रपति भण्डारीले आज साँझ बोलाएको सर्वदलीय बैठकमा नेता नेपाल जान नसक्ने उनको सचिवालयले जनाएको छ ।

त्यस्तै एमाले केन्द्रीय सदस्य विष्णु रिजालले खनाल र नेपाल राष्ट्रपतिले बोलाएको बैठकमा सहभागी नहुने जानकारी गराएका हुन्। रिजालका अनुसार बुधबार र बिहीबारको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी गर्नुपर्ने भएकाले उनीहरू राष्ट्रपति कार्यालयमा बोलाइएको सर्वदलीय बैठकमा सहभागी हुन नभ्याउने जानकारी गराएका हुन्।

यस्तै पूर्वप्रधानमन्त्रीको हैसियतमा राष्ट्रपति भण्डारीले निम्ता गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठकमा सहभागी हुने/नहुनेबारे टुंगो नभएको उनको सचिवालयले जनाएको छ। समसामयिक राजनीतिक विषयवस्तु तथा देशको पछिल्लो राजनीतिबारे छलफल गर्नका लागि राष्ट्रपति भण्डारीले संसद्‍मा प्रतिनिधित्व गर्ने दलका नेताहरू र पूर्वप्रधानमन्त्रीलाई मंगलबार अपरान्ह ४ बजे बोलाएकी हुन्। तस्बिर : फाइल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here