अचा*नक केपी ओलीले फेरी यस्तो घोषणा गरेपछि देशैभरी उथ*लपुथ*ल | प्रचण्ड माधव फेरी सडकमा झर्दै (भिडियो हेर्नुहोस)
याे समचार पनि पढ्नुहोस्
नेकपा एमालेको असन्तुष्ट माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरु हुँदैछ ।दुई दिने भेलाको ११ ललितपुरको सानेपास्थित एक होटेलमा वरिष्ठ नेताद्वय नेपाल र खनालले संयुक्त रुपमा उदघाटन गर्ने कार्यक्रममा छ ।
सर्वोच्च अदालतले माओवादी–एमाले एकीकरण खारेज गरेसँगै ब्युँतिएको एमालेमै रहने निर्णय गरेको नेपाल–खनाल समूहका नेताहरुलाई अध्यक्ष केपी ओली समूहको २८ फागुनको केन्द्रीय समिति बैठकले जिम्मेवारीमुक्त गरेपछि उक्त समूहले समानान्तर कमिटीको अभ्यास गर्ने घोषणा गरेको थियो ।
ओली समूहले नर्वौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलबाहेक सबै पदाधिकारी खारेज गरेपछि नेपाल–खनाल समूह क्रुद्ध छ । ओलीले पार्टी विधान, पद्धति र प्रक्रियाविपरीत मनलाग्दी निर्णय गरेकाले पार्टीभित्रै बसेर ओली प्रवृत्तिविरुद्ध जुध्ने नेपाल–खनाल समूहको भनाइ छ । प्रधानमन्त्रीसमेत हरेका अध्यक्ष ओलीले सोमबार पार्टी मुख्यालय धुम्बाराहीमा नेता नेपालसहित सो पक्षका नेतासँग सामूहिक छलफल गरेका थिए । त्यस क्रममा उनले ३ चैतमा आफूले आयोजना गरेको चियापान र ७ चैतमा बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी हुन नेपाल–खनाल पक्षलाई आग्रह गरेका थिए ।