Home News निर्माण सकिनासाथ पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडानको पहल थाल्न आग्रह (भिडियो हेर्नुहोस)

निर्माण सकिनासाथ पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडानको पहल थाल्न आग्रह (भिडियो हेर्नुहोस)

118
0

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएसँगै अन्तर्राष्ट्रिय हवाइ उडान संचालनको लागि तत्काल पहल गर्नु थाल्नुपर्ने आवाज उठेको छ । पोखरा विमानस्थल कार्यान्वयन इकाई परामर्श समितिका इन्जिनियर याम बहादुर भण्डारीले हालसम्म विमानस्थल निर्माणको कार्य अन्तर्गत भौतिक प्रगति ७२ प्रतिशत सम्पन्न भएको बताए । उनले तीव्ररूपमा निर्माण अगाडी बढाउनका लागि दैनिक ३ सय चिनियाँ र ४ सय नेपाली कामदारले काम गरिरहेको बताए ।

पोखराबाट अन्तराष्ट्रियस्तरकै हवाई उडान हुने हुँदा अब पोखरा विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको नाम जोडि राख्नु नपर्ने उनको भनाई छ । वाइडबडी जहाज ल्याउन धावन मार्ग भएर मात्र नहुने बताउँदै इन्जिनियर भण्डारीले अन्य भौतिक पूर्वाधार र चारै तर्फ थप जग्गा आवश्यक पर्ने बताए । पोखरा विमानस्थल निमार्ण भएसँगै अब छिमेकी मुलुक चीन र भारत लगायतका देशका केही शहरबाट सिधा हवाई सेवा पोखरासम्म जोड्दा पोखरा क्षेत्रलाई धेरै फाइदा हुने दाबी गरिएको छ।

पोखरा विमानस्थल निर्माणका एक अभियान्ता विश्व शंकर पालिखेले अबको ४ महिना पछि पोखरा विमानस्थल निर्माण कम्पनीले सरकारलाई विमानस्थल निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने बताए । उनले निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेपनि विमानस्थल संचालन हुने केही आशंका रहेको गुनासो गरे ।

३ हजार मिटरको धावन मार्ग हुने अपेक्षा गरेकोमा २ हजार ५ सय मिटरको मात्र बनेकोमा चिन्ता व्यक्त गर्दै पालिखेले पोखराको वरिपरि डाँडा काँडा भए पनि ३ हजार मिटरको रन वे भएमा अन्तराष्ट्रिय हवाई उडान हुन सक्ने दाबी गरे ।

पोखरामा करिब १० लाख पर्यटक भित्रिँदै आएकोमा अन्तर्राष्ट्रिय विमानस्थल संचालन भएपछि वार्षिक २५ लाख पर्यटक भित्र्याउन सक्ने उनले दाबी गरे । जग्गा अधिग्रहण गर्ने विषयमा पटक पटक स्थानीयलाई दुःख दिनु भन्दा आवश्यकताको आधारमा उचित मापदण्ड तयार गरी उनीहरुलाई व्यवस्थापन गर्नु पर्ने सरोकारवाला पक्षको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here