आदरणीय दर्शक यो हाम्रो गौरव लाग्दो इतिहासको एक झलक हो । हाम्रो इतिहास छ हामी कहिल्यै कसैको गुलाम बनेनौं । हाम्रा पुर्खाले विशाल नेपाल खडा गरे । नबन्नुको कारण थियो हामी गोर्खालीको विरता ।
हामी कहिल्यै घाम नअस्ताउने भनिएको देश ब्रिटेन जस्तो महाशक्तिसँग हारेनौं नत चीनसँग नै हार्यौ तर आज हाम्रा पुर्खाले आर्जेको यही नेपाल पनि भ्रष्ट र दलाल नेताले बेचिदेलान् भन्ने चिन्ता छ । भिडियो पूरा हेरेर कस्तो लाग्यो हामीलाई प्रतिक्रिया दिनुहुन समेत हार्दिक अनुरोध गर्छौं ।
याे समचार पनि पढ्नुहोस्
विश्वस्तरीय डिजाईनको फोर्डको ईकोस्पोर्ट एसई पेट्रोल नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि फोर्ड गाडीका आधिकारिक विक्रेता जि।ओ। अटोमोवाईल्सले नेपालमा फोर्डको नयाँ उत्पादन सार्वजनिक गरेको हो ।
छनोटको विस्तार र ग्राहकको चाहना र महत्वलाई विशेष ध्यानमा राखी फोर्डले नयाँ संस्करणको ईकोस्पोर्ट एसई गाडी सार्वजनिक गरेको जनाएको छ । जसको पेट्रोल भेरियन्टको मूल्य ४७ लाख ५० हजार निर्धारण गरिएको छ ।फोर्ड ईकोस्पोर्ट एसई नाम दिइएको यस नयाँ भेरियन्टमा डिजाईन संकेत अमेरिकी र युरोपेली कम्प्याक्ट एसयुभ लिईएको छ र यसमा पछाडि राखिने जगेडा चक्का रहने छैन ।
‘ग्राहकहरू धेरै भन्दा धेरै विश्वव्यापी डिजाईन बेन्चमार्कलाई पछ्याउँदै र भिन्न एवं अद्धितिय वस्तुको चाहना राख्छन्, जस्तो कि ईकोस्पोर्ट,’ फोर्ड ईन्डियाका कार्यकारी निर्देशक विनय रैनाले भने, ‘फोर्ड ईकोस्पोर्ट एसई आरामदायी हुनुको साथै यसमा प्रयोग गरिएको अभूतपूर्व सुरक्षाको व्यवस्था र सिङ्क–३ जस्तो सबैभन्दा राम्रो प्रविधिले यसको विरासतलाई अझ उचाईमा पु¥याउनेछ ।’
नयाँ सुरुचिपूर्ण डिजाईन भएको टेलगेट, ड्युअ टोन पछाडिको बम्पर जसमा रहेको सिल्भर एप्लिकले यसको बनावटलाई झन आकर्षक बनाईएको छ ।यसका अलावा यस विशेष संस्करणको ईकोस्पोर्टमा बोल्ड लुक्स र ग्रील, १६ ईन्च एलोई व्हीलस्, उच्च ग्राउन्ड क्लियरेन्सको विशेषतालाई जोड दिइएको छ, जसले एसयुभी भेरियन्टलाई अझ बढावा दिने विश्वास गरिएको छ ।
ईकोस्पोर्ट एसईमा राखिएको पन्चर किटले केही मिनेटमै टायर नझिकेरै पंचर मर्मत गर्न सकिने सुविधा प्रदान गर्ने छ ।टाइटानियम ईकोस्पोर्टको यस विशेष संस्करणले उच्चतम् प्रविधि र कनेक्टिभिटीको विरासतलाई अघि बढाउँदै फोर्डको प्रसिद्ध सिङ्क–३ सूचना र मनोरञ्जन प्रर्णालीलाई एप्पल कारप्ले र एन्ड्रोईड अटोसँग एकीकृत गरेको छ ।
नयाँ ईकोस्पोर्ट एसईमा विश्वसनीय १।५ लिटर टीआईभीसीटी पेट्रोल ईन्जिन राखिएको छ जसले यस सेग्मेन्टकै सबैभन्दा राम्रो १२२ पीएस पावर र १४९ एनएम टर्क उत्सर्जन गर्छ । डिजेल ईन्जिन ईकोस्पोर्ट एसईको छनोट गर्न चाहनेका लागि १.५ लिटर नेतृत्वदायी प्रदर्शन गर्ने टीडीसीआई उच्चस्तरीय डिजेल ईन्जिनका साथ पनि यो गाडी उपलब्ध छ । जसले १ सय पीएस पावर र २१५ एनएम टर्क उत्सर्जन गर्छ ।
भारतीय अटो क्षेत्रको नेतृत्वदायी मिडिया अटोकार ईन्डियाले २०२० को मर्मत रिपोर्टमा फोर्ड इकोस्पोर्ट मर्मत खर्चका हिसाबले एकदमै कम लागत भएको कारको सूचिमा राखेको थियो, जसलाई पनि यस गाडीको उपलब्धिको रुपमा लिन सकिन्छ ।फोर्डले हालै २०२१ ईकोस्पोर्ट लाईनअप प्रस्तुत गरेको थियो, जसले यसमा निम्न अतुलनिय विशेषता रहेको उल्लेख गरिएको छ ।
चालक र यात्रुको उच्च सुरक्षाका लागि यसमा ६ वटासम्म एयरब्याग राखिएको छ । एप्पल कारप्ले र एन्ड्रोईड अटो कम्प्याटिबिलिटीलाई सिङ्क–३ सूचना प्रविधिसँग जडान गरिएको छ जुन एसई सेग्मेन्टकै उत्कृष्ट हो । ९ ईन्चको टचस्क्रीन, ईन्फोटेन्मेन्ट प्रणाली माथिल्लो भेरियन्टमा सनरुप समावेश गरिएको रहेको कम्पनीले जनाएको छ।
त्यस्तै चालक सहायता सुविधासँग सम्बन्धित स्वचालित एचआईडी हेडलैम्प, ईलेक्ट्रोकोमिक सिसा, वर्षाको समयमा सेन्सर वाईपर लगायत अन्य अतुलनीय सहज विशेषताहरु समावेश गरिएका छ ।फोर्ड ईकोस्पोर्ट एसईको साथ ग्राहकले आफ्नो रोजाई अनुसार ईकोस्पोर्ट खरीद गर्दा पछाडि राखिएको जगेडा चक्का सहित वा बाहेक दुबै विकल्पमा शानदार छनोट गर्ने सुविधा दिन्छ ।