एमाले र माओवादी केन्द्र एक भएपछि बनेको नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठक जेठ ३ मा प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो । त्यसपछि झन्डै डेढ वर्ष केन्द्रीय कमिटी बैठक बसेन ।
अहिले अस्तित्वमा नरहेको नेकपाले उसको जीवनको अधिकांश आरोह–अवरोह प्रधानमन्त्री निवास बालुवाटारमै झेल्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रधानमन्त्री ओलीले हठात् प्रतिनिधिसभा विघटन गर्दा विघटनकै संघारमा पुगेको नेकपाको बैठक बालुवाटारमै बसेको थियो । फुटको सुरुवात त्यहींबाट भयो । भर्खरै हेर्नुहोस् प्रधानमन्त्रीले दिए यस्तो जानकारी ! सबैलाई चकित् पारे, चौतर्फी वाहीवाही !Pm Kp Oli
त्यसपछिका तीन महिनामा नेकपाको सरकार, सिंगो पार्टी र मुलुकले अनेकन उतारचढाव बेहोरे । नेकपा पार्टी नै रहेन । एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको प्रयोगको हद कति हो भन्ने बहस पनि ब्युँतिएको छ ।
तीन महिनामा प्रधानमन्त्री ओलीले जन्म दिनमा गरेको सांगीतिक साँझदेखि चियापानसम्मको कार्यक्रमलाई नजरअन्दाज गरेको एमालेको खनाल–नेपाल पक्षले शनिबारका लागि अध्यक्ष ओलीले बालुवाटारमै आह्वान गरेको पार्टी संसदीय दल र केन्द्रीय कमिटीको बैठक अस्वीकार गरेको छ । जबकि प्रधानमन्त्री भएको तीन वर्षमा ओलीले धेरै कार्यक्रम र बैठक बालुवाटारबाटै गरेका छन् । एमालेको खनाल–नेपाल पक्षले बैठक बस्ने स्थानमै अडान राखेपछि बालुवाटार विवादले अरू सैद्धान्तिक बहसलाई पछि पार्ने देखिएको छ ।
प्रधानमन्त्री ओलीले यसअघि गत चैत २ गते बालुवाटारमै बोलाउँदा वरिष्ठ नेता माधवकुमार नेपाल सरकारी निवासमा जान नमानेपछि उनीहरूको संवाद पार्टी कार्यालय धुम्बाराहीमा भएको थियो । पार्टी पदाधिकारीसहित भएको उक्त संवाद झन् तिक्त बनेपछि खनाल–नेपाल समूहले राष्ट्रिय भेला गरेर ओलीलाई सच्याउने र तल्लो तहसम्म समानान्तर कमिटी बनाउने निर्णय गरिसकेको छ ।
समानान्तर कमिटी बनाउने सिलसिलाको निरन्तरता शुक्रबार अखिल नेपाल महिला संघको भेला बोलाएर भइसकेको पनि छ । सांगठनिक रूपमै समानान्तर गतिविधि चलाइरहेको एमालेको खनाल–नेपाल खेमा बालुवाटारमा बोलाइने बैठकमा नजाने भएपछि एमालेको विवाद लम्बिन्छ नै, राज्यको स्रोत दुरुपयोग गरेर प्रधानमन्त्रीको सरकारी निवासमा पार्टीको विवाद किन छताछुल्ल पारिन्छ भन्ने प्रश्न पनि उठिहाल्छ ।