Home News भर्खरै हेर्नुहोस्, प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे विप्लव, ओली र विप्लवबीच यस्तो छलफल...

भर्खरै हेर्नुहोस्, प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे विप्लव, ओली र विप्लवबीच यस्तो छलफल ! (भिडियो हेर्नुहोस्)

107
0

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ लिखित रुपमै फर्काउने माधव नेपाल पक्षले निर्णय गरेको छ । ललितपुरमा सोमबार सम्पन्न माधव झलनाथ पक्षका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक छलफलपछि स्पष्टीकरणको लिखित जवाफ दिने निष्कर्षमा सो समूह पुगेको हो ।

‘महासचिव ईश्वर पोखरेलको हस्ताक्षर रहेको पत्र आज प्राप्त भएको छ, भोलिसम्म यसको लिखित जवाफ तयार हुन्छ,’ माधव-झलनाथ पक्षका एक नेताले भने ।गत चैत ७ गते बालुवाटारमा अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले बरिष्ठ नेता माधवकुमार नेपालसँगै स्थायी कमिटीका नेताहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

पार्टीभित्र गुटबन्दी गरेको र अनुशासन उल्लंघन गरेको भन्दै ओली पक्षले माधव पक्षका नेताहरूलाई कारवाही किन नगर्ने भन्दै ३ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएका छन् ।उता प्रधानमन्त्री केपी ओलीलाई भेट्न सभामुख अग्नि सापकोटाले समय कुरिरहेका छन् ।

सभामुख सापकोटाले संसद्लाई प्रभावकारी रूपमा सञ्चालन गर्ने र सरकारले ल्याएका बिजनेस अगाडि बढाउनेबारे छलफल गर्न प्रधानमन्त्री ओलीसँग छलफल गर्ने बताएका छन् ।प्रधानमन्त्री ओलीसँग छलफल गर्नका लागि समय मागेको र खबर आउने अपेक्षा राखेको सापकोटाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here