Home News भर्खरै हेर्नुहोस्, दुवै पक्ष कडा रुपमा प्रस्तुत हुँदा एमालेमा भाँडभैलो मच्चि’यो, कार्यक्रममा...

भर्खरै हेर्नुहोस्, दुवै पक्ष कडा रुपमा प्रस्तुत हुँदा एमालेमा भाँडभैलो मच्चि’यो, कार्यक्रममा होहल्ला (भिडियो हेर्नुहोस)

158
0

अनुशासन उल्लंघन गरेको भन्दै १० बुँदे स्पष्टीकरण पत्र काटेपछि नेकपा एमालेका नेता माधवकुमार नेपाल पार्टी नेतृत्वप्रति अझ आक्रामक देखिएका छन् । स्पष्टीकरणले नतर्सने भन्दै उनले जनवर्गीय संगठनसँगै जिल्ला कमिटीहरुको भेला गर्ने बताए ।

एमाले अध्यक्ष ओली पक्षीय नेताहरु मात्र सहभागी ७ चैतको केन्द्रीय कमिटी बैठकले नेपालसहित नेताहरु भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । महासचिव ईश्वर पोखरेलले सोमबार पठाएको पत्रमा नेता नेपालमाथि १० बुँदे आरोप लगाएका छन् र तीनदिनभित्र स्पष्टीकरण दिन भनिएको छ ।

त्यसको भोलिपल्ट मंगलबार नेपाल समूहसम्वद्ध विद्यार्थीहरुले गरेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रिय कार्यकर्ता भेलामा वरिष्ठ नेता नेपाल प्रमुख अतिथि थिए । नेपाल समूहका भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतका नेताहरु उपस्थित भेलालाई सम्बोधन गर्दै उनले ‘कथित स्पष्टीकरण’बाट नतर्सिने बताए ।

मंगलबार मात्र एक नेताले आफूलाई भेटेर ‘कमरेड केपी ओलीसँग मिल्नुस्, जेजे कारबाही नै गरे पनि सहिदिनुस्’ भनेको भन्दै उनले सहभागीहरुलाई प्रश्न गरे, ‘के हामी घुँडा टेक्ने बाटोमा जाने हो ? आत्मसमर्पणको बाटोमा जाने हो ? केपी ओलीको टाङमुनि छिर्ने बाटोमा जाने हो ?’(हलबाट होइन भन्ने चर्को अवाज आयो) उनले पनि भने, ‘यो हामीलाई किमार्थ मन्जुर छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here