Home News का*लापानी बाट भारतीय फौ*ज हटाउन नेपाली से*ना परिचालन ! ओलिको मोदिलाइ यस्तो...

का*लापानी बाट भारतीय फौ*ज हटाउन नेपाली से*ना परिचालन ! ओलिको मोदिलाइ यस्तो चेता*वनी (जानकारीका लागि सेयर गराै)

1586
0

नेपाल र भारत बिच फैलिएको १८८० किमी सिमाना मध्ये १२४० किमी सिमाना जमिन अन्तर्गत पर्छ । नेपाल र भारतको पशुपतिनगर, जोगबनी, इनरुवा लगायत सिमानामा छिटपुट रूपमा विवादका घटना भै आएपनि लिपुलेकको सिमाना विवाद भने बारम्बार मिडियाहरूमा र राष्ट्रिय राजनीतिमा आइरहन्छ।

लिपुलेक नेपाल, चाइना र भारतको त्रिदेशीय सिमाना पर्ने नेपाल-भारत बिचको विवादास्पद भूभाग हो । नेपालले उक्त भूभाग आफ्नो दार्चुला जिल्ला वडा नम्बर १ मा पर्ने दाबी गर्छ भने भारतले पनि उक्त भूमि आफ्नै उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा पर्ने बताउँदै आएको छ । अझ भारतले सो क्षेत्रमा आफ्नो इन्डो तिब्बतियन सैन्य दल समेत कायम गरेको र सडकसमेत निर्माण गरिसकेकाले उक्त भूभागलाई भारतीय कब्जामा रहेको नेपाली भूभागका रूपमासमेत बुझ्न सकिन्छ ।

३१० वर्ग कि.मि मा फैलिएको लिम्पियाधुराको उक्त भूभाग वि.स २०३६ सालमा नापी विभागले जारी गरेको नेपालको नक्सा भन्दा अघिको नक्सामा नेपालकै भएको नेपाली इतिहासकारहरू बताउँछन् भने भारतीय नक्सामा भने सन् २०१९ मा मात्र समावेश गरिएको हो ।

सन् १८१६ मा भएको सुगौली सन्धिमा महाकाली नदी पूर्वको भाग नेपाल हो भनी अङ्ग्रेजले सहमति जनाए पनि उक्त लिपुलेक क्षेत्रको सामरिक र व्यापारिक महत्त्व बुझेर, इतिहासका विभिन्न कालखण्डमा इस्ट इन्डिया कम्पनी र भारत सरकारले उक्त क्षेत्र आफ्नो बनाउन उक्त सन्धिमा उल्लेख महाकाली नदीको मुहानलाई तोडमोड गर्दै आएको सर्वविदितै छ । गत हप्ता मे ८ मा भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फेरेन्स मार्फत लिपुलेक हुँदै मानसरोवर जाने सडकको उद्घाटन गरे पछि पुन एक पटक नेपालमा यो विवाद सतहमा आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here