Home News भारतको पसिना छुट्ने गरी नेपालले गर्यो बंगलादेश संग यस्तो सम्झौता। बिजुली देखी...

भारतको पसिना छुट्ने गरी नेपालले गर्यो बंगलादेश संग यस्तो सम्झौता। बिजुली देखी रेल सम्म यस्तो सहमति (जय नेपाल लेखर सेयर गराै)

207
0

छिमेकीहरूसँगको सम्बन्ध विविधीकरण र मजबुतीकरणका दृष्टिले राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेशको दुईदिने राजकीय भ्रमण सकारात्मक रूपमा सम्पन्न भएको छ । सोमबार दुई देशबीच हस्ताक्षर भएका चार क्षेत्रमध्ये बंगलादेशको रोहनपुरदेखि भारत, पश्चिम बंगालको सिंहबादसम्मका लागि थप रेल रुट र तेस्रो मुलुकसँग व्यापार गर्न ‘को–ट्रान्जिट रुट’ मा सहकार्य गर्ने समझदारी हाम्रा निम्ति विशेष छ ।

समझदारी भएका अरू तीन क्षेत्र सामान्य देखिए पनि यस्तो भ्रमणको उपलब्धि यत्तिमै सीमित हुँदैन, हुनु पनि हुँदैन । दक्षिण एसियाका दुई छिमेकी मुलुकबीचको मित्रतालाई अझ अघि बढाउन अबका दिनमा पनि निरन्तर पहल भैरहनुपर्छ । खासगरी, दुई देशबीचको आर्थिक साझेदारीका क्षेत्रहरू फराकिलो बन्दै जानुपर्छ । त्यसका लागि, यस्ता भ्रमणहरूको अर्थ र औचित्य दुवै रहन्छ ।

दुई देशबीच रोहनपुर–सिंहबाद थप रेल रुट र तेस्रो मुलुकसँग व्यापार गर्न को–ट्रान्जिट रुटमा सहकार्य गर्ने समझदारीको कार्यान्वयन उपलब्धिमूलक बन्न सक्छ । अहिले नेपालले प्रयोग गरिरहेको चटगाउँको बन्दरगाहमा धेरै भीड हुने भएर नेपाली व्यापारीलाई सामान राख्न गाह्रो भइरहेको परिस्थितिमा करिब ६० किलोमिटर वर सुक्खा बन्दरगाहका रूपमा विकास गरिएको रोहनपुरको सुविधा पाउनुलाई उपलब्धि नै मान्नुपर्छ । रोहनपुर–सिंहबादसम्मको करिब २ सय ५५ किलोमिटर रेलमार्गलाई ट्रान्जिट रुटका रूपमा नेपालले विकास गर्न पाउनु खुसीकै कुरा हो । अब यसै सम्झौताका आडमा नेपाल–भारत–बंगलादेश त्रिदेशीय सहकार्य र नेपालले बंगलादेश हुँदै तेस्रो मुलुकसँग गर्ने व्यापारको सहजीकरणको पाटोलाई विशेष प्राथमिकता दिइनुपर्छ । यो सार्क क्षेत्रमा त्रिदेशीय साझेदारीको नयाँ नमुना पनि बन्न सक्छ ।

नेपाल र बंगलादेशबीच पर्यटनमा सहकार्य, सन् २०२२–२५ सम्म सांस्कृतिक आदानप्रदान बढाउने, पशु र कृषिसम्बन्धी अनुसन्धान गर्नेलगायतका अन्य सकारात्मक समझदारीहरू पनि भएका छन् । यी समझदारी साधारणजस्तो देखिए पनि द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउन यिनले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्, खालि त्यसतर्फ हाम्रो अग्रसरता कायम रहनुपर्छ । द्विपक्षीय वार्तामा नेपालले व्यापार घाटा कम गर्न बंगलादेशले लगाएको अतिरिक्त भन्सार शुल्क घटाउन र नेपाली वस्तु तथा उत्पादनलाई त्यहाँ सहज रूपमा प्रवेश पाउनका लागि प्रस्ताव गरेको पनि बताइएको छ, यस्तो विषयलाई मूर्तरूप दिन निरन्तर कूटनीतिक पहल आवश्यक हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here