Home News RuRu Hydropower, Jyoti Life, Singati Hydropower IPO सँग सम्बन्धित ३ वटा कुराहरू...

RuRu Hydropower, Jyoti Life, Singati Hydropower IPO सँग सम्बन्धित ३ वटा कुराहरू -IPO Updates Nepal (जानकारीका लागि सेयर)

104
0

RuRu Hydropower, Jyoti Life, Singati Hydropower IPO सँग सम्बन्धित ३ वटा कुराहरू -IPO Updates Nepal

याे समचार पनि पढ्नुहोस्
नेपालको ठूलो व्यवसायिक घरना गोल्छा ग्रुप अन्तर्गतको हंशराज हुलास प्रालिले नेपालमै बजाज मोटरसाइकलको पार्टपुर्जा उत्पादन गर्ने तयारी गरेको छ । निकट भविष्यमै कम्पनीले विदेशी प्राविधिक तथा टेक्निसियन ल्याएर पार्टपुर्जा उत्पादन गर्ने गृहकार्य थालेको हो ।

हाल गोल्छा ग्रुपले बजाज बाइकको एसेम्बल उत्पादन गर्दै आएको छ । नवलपरासीमा रहेको उद्योग मार्फत बार्षिक ५० देखि ६० हजार भन्दा बढी मोटरसाइकल उत्पादन हुँदै आएको गोल्छा ग्रुपका निर्देशक अभिमन्यू गोल्छाले जानकारी दिए । ‘हाल विदेशबाट पार्ट्स ल्याएर मोटरसाइकलको एसेम्बिलङ मात्रै भइरहेको छ जसको कारण मूल्य घट्न सकेको छैन तर, निकट भविष्यमै नेपालमै मोटरसाइकका लागि आवश्यक पार्टपूर्जा नेपालमै उत्पादन गरेर ‘लोकलाइज’ गर्ने तयारीमा छौं’ गोल्छाले भने ।

नेपालमै पार्टपूर्जा उत्पादन हुन लागेपछि ग्राहकले सस्तोमा मोटरसाइकल खरिद गर्न पाउने र अहिले भइरहेको सेवा र पार्टपूर्जा पनि सस्तो हुने उनको भनाई छ । गोल्छा ग्रुपले हाल बजाजका सबै मोटरसाइकल नेपालमा मै उत्पादन गर्दै आएको छ ।‘हामीले नेपालमा विक्री वितरण गर्दै आएको सबै प्रोडक्ट नेपालमै एसेम्बल प्लान्ट उत्पादन भइरहेको छ’ अभिमन्यु भने ‘विगत चार बर्षदेखि नेपालमै मोटरसाइकल उत्पादन गर्दै आइरहेका छौं’ ।

नेपालमै बजाज बाइक एसेम्बल उत्पादनले २०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ । हाल गोल्छा ग्रुपले पल्सर १५० र पल्सर २२० सबैभन्दा बढी उत्पादन भइरहेको छ । पछिल्लो समय पल्सर १५० सिङ्गल डिक्सले भन्दा पनि डबल डिक्सले बजार लिइरहेको छ । बजाजको एनएस २०० पछिल्लो युवा पुस्तामा बढी लोकप्रिय छ भने २२० पल्सर कम्फर्टेबलको हिसाबमा अब्बल छ । केहि हप्ता अघि मात्रै कम्पनीले बजाज डोमिनार २५० नेपाली बजारमा भित्र्याएको थियो ।

कोभिडपछि ग्राहकको दुई पाँग्रे सवारीमा अकर्षित भएको कारण कोडिमा पेन्डिङ रहेको डिमान्डलाई अझै पुरा गर्न नसकेको निर्देशक गोल्छाले बताए । नेपालमै उत्पादन भइरहेको कारण पनि नेपालमा बजाज बाइकको मूल्य सस्तिँदै गएको उनको भनाई छ । अहिलेपनि नेपालमै बजाजका प्रोडक्ट उत्पादन भइरहेको कारण साढे दुई प्रतिशत मूल्य ग्राहकलाई सस्तो पर्दै आएको छ ।

गोल्छा ग्रूपले बजाज मात्रै नभइ केटिएम मोटरसाइकलपनि नेपालमा विक्री गर्दै आएको छ । केटीएम बाइक भने नेपालमा प्रविधि र आर्थिक हिसाबमा पनि तत्काल एसेम्बल उत्पादन गर्न सम्भव नभएको निर्देशक गोल्छाको भनाई छ । बजाजपछि नेपालमा टिभिएसलेपनि गत बर्षदेखि नेपालमै मोटरसाइकल उत्पादन थालेको छ । नेपालमै मोटरसाइकलको एसेम्बल उत्पादन भएपनि मूल्यभने घट्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here