Home News उप’चार कै क्रममा कांग्रेस नेता नवीन्द्रराज जोशीको नि*धन

उप’चार कै क्रममा कांग्रेस नेता नवीन्द्रराज जोशीको नि*धन

123
0

कांग्रेस नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको नि*धन भएको छ । मस्ति*ष्कघात भई नर्भिक अस्पतालमा उपचारका क्रममा नेता जोशीको शुक्रबार राति ८ बजेर २४ मिनेटमा निधन भएको अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिए । उनलाई भेन्टिलेटरको सहायतामा उपचार गराइएको थियो ।

मस्तिष्कघात भई फागुन १४ गते नर्भिक अस्पताल भर्ना भएका जोशीको शुक्रबार बिहानदेखि मुटुले काम गर्न छोडेको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको थियो । पूर्व उद्योगमन्त्रीसमेत रहेका नेता जोशी काठमाडौंमा लोकप्रिय नेता थिए । ५७ वर्षीय जोशीकै पहलमा नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आएको थियो ।

विसं २०१९ असार ३ गते काठमाडौंमा जन्मिएका नेता जोशी काठमाडौं क्षेत्र नं. ८ बाट २०७० सालमा तत्कालीन संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । उनी उनी कांग्रेसका केन्द्रीय सदस्यसमेत थिए ।पूर्वसभासद जोशी २०३६ सालबाट विद्यार्थीकालबाटै राजनीतिमा लागेका थिए । उनले राजनीतिक यात्राका क्रममा पटक-पटक पक्राउ परी हिरासतमा बसेका थिए ।

यसैबीच, नेता जोशीको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले दु:ख व्यक्त गरेका छन् । सभापति देउवाले सामाजिक सञ्‍जाल फेसबुकमार्फत श्रद्धाञ्जली दिँदै आफू मर्माहत भएको जनाएका छन् ।

देउवाले लेखेका छन्- ‘नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नवीन्द्रराज जोशीको असमायिक निधनको खबरले निकै मर्माहित भएको छु । जोशीजीको निधनले कांग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै यस दुःखद् घडीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here