Home News खुशीकाे खबर: नेपालमै बाइक तथा फलामजन्य सामग्री उत्पादन गरिँदै, यस्तो छ तयारी...

खुशीकाे खबर: नेपालमै बाइक तथा फलामजन्य सामग्री उत्पादन गरिँदै, यस्तो छ तयारी (जानकारीका लागि सेयर गराै)

705
0


गोल्छा समूहका शरद गोल्छाको लगानीमा निर्माण भइरहेको सो उद्योगबाट वार्षिक ८० हजार टन फलामजन्य सामग्री उत्पादन हुने लक्ष्य राखिएको छ । उद्योग सञ्चालनपश्चात् त्यस उद्योगबाट पाइप, जस्तापाता, वायर र बोल्डर (तारजालीको) र एङ्गल उत्पादन हुने बताइएको छ ।

उद्योग सञ्चालनका लागि निर्माणकार्य छिटो सम्पन्न गराउनका लागि दैनिक ४०-५० कामदार तथा प्राविधिकले काम गरिरहेका छन् । आधुनिक प्रविधिको प्रयोगबाट त्यस उद्योगबाट फलामजन्य सामग्री उत्पादन हुनेछ । वीरगञ्ज–पोखरिया क्षेत्रमा सञ्चालित उद्योगमध्ये सबैभन्दा ठूलो लगानीको उद्योग रहेको र यसको सञ्चालनबाट उद्योगले करिब एक हजार व्यक्तिलाई रोजगारी दिने बताइएको छ ।

नेपालको ठूलो व्यवसायिक घरना गोल्छा ग्रुप अन्तर्गतको हंशराज हुलास प्रालिले नेपालमै बजाज मोटरसाइकलको पार्टपुर्जा उत्पादन गर्ने तयारी गरेको छ । निकट भविष्यमै कम्पनीले विदेशी प्राविधिक तथा टेक्निसियन ल्याएर पार्टपुर्जा उत्पादन गर्ने गृहकार्य थालेको हो ।

नेपालमै पार्टपूर्जा उत्पादन हुन लागेपछि ग्राहकले सस्तोमा मोटरसाइकल खरिद गर्न पाउने र अहिले भइरहेको सेवा र पार्टपूर्जा पनि सस्तो हुने उनको भनाई छ । गोल्छा ग्रुपले हाल बजाजका सबै मोटरसाइकल नेपालमा मै उत्पादन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here