Home News नेपालका यी दुई अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा बाहिरियो यस्तो खबर (जानकारीका...

नेपालका यी दुई अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा बाहिरियो यस्तो खबर (जानकारीका लागि सेयर गराै)

535
0


नेपालका यी दुई अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा बाहिरियो यस्तो खबर। नेपालका यी दुई अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा बाहिरियो यस्तो खबर (जानकारीका लागि सेयर गराै)

याे समचार पनि पढ्नुहोस्
वायु प्रदूषण विश्लेषण गर्ने संस्था ‘आईक्यूएअर’ को नक्सामा सोमबार पृथ्वीको धेरै भाग रातो देखिएको छ । रातो भागभित्र काठमाडौंसमेत छ । नक्सामा रातो रङले अस्वस्थकर वायुको संकेत गर्छ ।

‘आईक्यूएअर अर्थ’ को सोमबार दिउँसोको तस्बिर । तस्बिरमा रातोले अस्वस्थकर वायुको क्षेत्र संकेत गर्छ  ‘केही दिनयता नेपालसहित एसियाली देशहरूमा प्रदूषण विकराल देखिन्छ,’ वातावरण विभागका सूचना अधिकारी तथा वातावरणविद् शंकरप्रसाद पौडेलले भने, ‘पहिलोपटक नेपालको प्रदूषण हिमाली भाग नाघेर तिब्बतसम्मै पुगेको छ ।’

आईक्यूएअरको तथ्यांकले ५ दिनयता नेपालसहित एसियाली मुलुकमा तुवाँलोको अवस्था विकराल बन्दै गएको देखाएको छ । नेपालमा भने पूर्वी भागमा तराई, पहाड र हिमालसम्मै तुवाँलोले सीमा नाघेको छ । ‘म्यान्मारदेखि अफगानिस्तानसम्म फैलिएको हिन्दुकुश हिमालय क्षेत्रमा प्रदूषण बढी देखिन्छ,’ वातावरणविद् पौडेलले भने, ‘यो अवस्था अझै केही दिन बदलिने देखिँदैन ।’

जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक मदनलाल श्रेष्ठ नेपालमा एकाएक प्रदूषण बढ्नुमा दुई कारण रहेको बताउँछन् । ‘तल्लो तहको वायु माथि जान पाएको छैन अर्थात् नेपालमा उच्च चापीय क्षेत्रको असर परेको छ । तलको वायु माथि जान पाएको भए केही हदसम्म प्रदूषण हट्थ्यो । अहिले कत्ति पनि हावा चलेको छैन,’ उनले भने, ‘अर्को, डढेलोजन्य गतिविधि हो । नेपालमा मात्र होइन, भारतका विभिन्न स्थानमा ठूलो मात्रामा कृषिकार्यका लागि आगो बाल्दा निस्किएको धूवाँ काठमाडौंसम्मै आइपुगेको छ ।’ उनका अनुसार नेपालका वनमा मात्र लागेको डढेलोले यति धेरै असर गरेको होइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here