Home News नेपालको प्रसंशा गर्दै हलिउड इन्साइडर, विश्वकै आकर्षक छायांकन गन्तव्यमा नेपाल सूचीकृत (भिडियो...

नेपालको प्रसंशा गर्दै हलिउड इन्साइडर, विश्वकै आकर्षक छायांकन गन्तव्यमा नेपाल सूचीकृत (भिडियो हेर्नुहोस्)

112
0

सांस्कृतिक विविधता, प्राकृतिक शुन्दरता तथा नेपालीहरुको न्यानो आतिथ्यताका कारण पछिल्लो समय नेपाल विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यममा अटाउन थालेको छ । घुम्नका लागि होस् या कुनै विषयमा अध्ययन अनुसन्धान गर्ने बहानामा विदेशीहरु नेपाल भित्रिने गरेका छन् ।

यसैबीच, एक अन्तर्राष्ट्रिय पत्रिकाले नेपाल चलचित्र छायांकनको लागि पनि संसारकै आकर्षक गन्तव्य भएको दाबी गरेको छ । ‘हलिउड इन्साइडर’ नामक पत्रिकाले चलचित्र छायांकनको लागि नेपाललाई विश्वकै आकर्षक गन्तव्य मध्येको सूचीमा सूचीकृत गरेको हो ।

पत्रिकाका सम्पादक डेभिड सिनसेजले हिमाल, राष्ट्रिय निकुञ्ज, पार्क, तालतलैया, वास्तुकला, मुस्ताङी ल्यान्डस्केप, पोखरेली विविधताले नेपाललाई आकर्षक गन्तव्य बनाएको लेखेका छन् । त्यति मात्र होइन सांस्कृतिक र भौगोलिक विविधताका साथै नेपालीको आतिथ्य संस्कारको कारण पनि चलचित्र छायांकन अझै सजिलो हुने उनले उल्लेख गरेका छन् ।

त्यसैगरी, नेपालले एलजीबीटीआइक्यूलाई समानता प्रदान गरेर मानव अधिकार र प्रगतिमा पाइला चालेको उल्लेख गर्दै सो पत्रिकाले स्वतन्त्रताका साथ फिल्म छायांकन गर्न अनुरोध गरेको छ । उसले छायांकन गर्नको लागि नेपाल जान सुझाव समेत दिएको छ ।

चलचित्र विकास बोर्डका अनुसार हालसम्म नेपालमा करीब ३१ वटा विदेशी चलचित्र छायांकन भएका छन् ।
उक्त पत्रिकाले चलचित्र छायांकनका लागि उत्कृष्ट साना मुलुकको सूची तयार पार्दा नेपालसहित जर्जिया, श्रीलंका, ट्रिनिडाड एन्ड टोबागो, क्रोएसियाको नाम समावेश गरेको छ ।

याे समचार पनि पढ्नुहोस्
नेपाली युवती बैअबु राई सामाजिक संजाल फेसबुकको मुख्यालयमा बरिष्ठ सफ्टवेयर इन्जिनियरको रुपमा आबद्ध भएकी छिन् । उदयपुरस्थित रौतामाई गाउँपालिका–२ सालथुम्का घर भएकी २९ वर्षिया राई सिलिकन भ्यालीस्थित फेसबुक हेर्डक्वार्टरमा जागिरेको रुपमा प्रवेश गरेकी हुन् ।

फेसबुकले सिनियर सफ्टवेयर इन्जिनियरलाई तलब बापत वार्षिक १८३२७२ अमेरिकी डलर अर्थात् आजको नेपाली रेट अनुसार २१२६५०५०.१६ दिने गर्छ । उदयपुरस्थित गाइघाटको लालीगुराँस आवसिय विद्यालयबाट शिक्षा थालेकी उनले काठमाडौंको बुढानिलकण्ठ स्कुलबाट एसएलसी दिएकी थिइन् ।

बुढानिलकण्ठ स्कुलबाट उत्कृष्ट अंक ल्याएकी उनले सोपछि बेलायतको एक प्रतिष्ठित कलेजमा पुनः छात्रवृत्तिमै पढ्न पाइन् । उनले अमेरिकाकै म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा छात्रवृत्तिमै कम्प्युटर साइन्सबाट ग्राजुएट पास गरेकी थिइन् ।त्यसपछि बैअबुले फेरि अमेरिकास्थित म्यासेच्युसेटस् इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा छात्रवृत्तिमै कम्युटर साइन्सबाट सन् २०१३ मा ग्राजुएटेड भएकी थिइन् ।

सन् २०११ को जुनदेखि अगस्टसम्म उनले माइक्रोसफ्टमा एक्सप्लोरर इन्टर्नको रुपमा अनुभव समेत लिएकी थिइन् । छोरीले फेसबुकमा जागिर सुरु गरेपछि आमा शान्त राई र बाबु म्याम्बर राईले खुशि व्यक्त गरेका छन् ।आफ्नाे भाञ्जी फेसबुकको हेड्क्वाटरमा नियुक्त भएर काम गर्न थालेकी भन्दै उदयपुरका रकम चाम्लिङले फेसबुकबाटै खुसी व्यक्त गरेका छन् ।

बैअबु फेसबुकको हेड्क्वाटरमा सिनियर सफ्टवेयर इन्जिनियरको रुपमा काम गर्न थालेपछि उनका आमाबाबु, नातागोता र आफन्तहरुमात्र नभएर यो खबर पाउने जोकोही नेपालीहरुले पनि बधाई दिइरहेका छन् ।पूर्व नेपाली सैनिक म्याम्बर राई र अमेरिकन सहयोग नियोग युएसएडमा कार्यरत आमा शान्ता राई छोरीको प्रगतिले निकै खुसी छन् ।

विश्वका २ दशमलव ७ बिलियन भन्दा बढी मानिसहरुले फेसबुक चलाइरहेको एउटा रिपोर्टले देखाएको छ । डाटा अनुसार नेपालमा भने कुल जनसंख्याको ३४ दशमलव ४ प्रतिशत अर्थात १ करोड ५ लाख २० हजार जनाले फेसबुक चलाइरहेको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here