Home News होलि खेल्दा १०० जना भन्दा बढी गाउलेहरुले ८ जनालाई टिप्दै भीरबाट फा...

होलि खेल्दा १०० जना भन्दा बढी गाउलेहरुले ८ जनालाई टिप्दै भीरबाट फा लेको देख्ने प्रतक्ष्यदर्शी (भिडियो हेर्नुहोस)

193
0

होलि खेल्दा १०० जना भन्दा बढी गाउलेहरुले ८ जनालाई टिप्दै भीरबाट फा लेको देख्ने प्रतक्ष्यदर्शी। होलि खेल्दा १०० जना भन्दा बढी गाउलेहरुले ८ जनालाई टिप्दै भीरबाट फा लेको देख्ने प्रतक्ष्यदर्शी (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
नेपाली युवती बैअबु राई सामाजिक संजाल फेसबुकको मुख्यालयमा बरिष्ठ सफ्टवेयर इन्जिनियरको रुपमा आबद्ध भएकी छिन् । उदयपुरस्थित रौतामाई गाउँपालिका–२ सालथुम्का घर भएकी २९ वर्षिया राई सिलिकन भ्यालीस्थित फेसबुक हेर्डक्वार्टरमा जागिरेको रुपमा प्रवेश गरेकी हुन् ।

फेसबुकले सिनियर सफ्टवेयर इन्जिनियरलाई तलब बापत वार्षिक १८३२७२ अमेरिकी डलर अर्थात् आजको नेपाली रेट अनुसार २१२६५०५०.१६ दिने गर्छ । उदयपुरस्थित गाइघाटको लालीगुराँस आवसिय विद्यालयबाट शिक्षा थालेकी उनले काठमाडौंको बुढानिलकण्ठ स्कुलबाट एसएलसी दिएकी थिइन् ।

बुढानिलकण्ठ स्कुलबाट उत्कृष्ट अंक ल्याएकी उनले सोपछि बेलायतको एक प्रतिष्ठित कलेजमा पुनः छात्रवृत्तिमै पढ्न पाइन् । उनले अमेरिकाकै म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा छात्रवृत्तिमै कम्प्युटर साइन्सबाट ग्राजुएट पास गरेकी थिइन् ।त्यसपछि बैअबुले फेरि अमेरिकास्थित म्यासेच्युसेटस् इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा छात्रवृत्तिमै कम्युटर साइन्सबाट सन् २०१३ मा ग्राजुएटेड भएकी थिइन् ।

सन् २०११ को जुनदेखि अगस्टसम्म उनले माइक्रोसफ्टमा एक्सप्लोरर इन्टर्नको रुपमा अनुभव समेत लिएकी थिइन् । छोरीले फेसबुकमा जागिर सुरु गरेपछि आमा शान्त राई र बाबु म्याम्बर राईले खुशि व्यक्त गरेका छन् ।आफ्नाे भाञ्जी फेसबुकको हेड्क्वाटरमा नियुक्त भएर काम गर्न थालेकी भन्दै उदयपुरका रकम चाम्लिङले फेसबुकबाटै खुसी व्यक्त गरेका छन् ।

बैअबु फेसबुकको हेड्क्वाटरमा सिनियर सफ्टवेयर इन्जिनियरको रुपमा काम गर्न थालेपछि उनका आमाबाबु, नातागोता र आफन्तहरुमात्र नभएर यो खबर पाउने जोकोही नेपालीहरुले पनि बधाई दिइरहेका छन् ।पूर्व नेपाली सैनिक म्याम्बर राई र अमेरिकन सहयोग नियोग युएसएडमा कार्यरत आमा शान्ता राई छोरीको प्रगतिले निकै खुसी छन् ।

विश्वका २ दशमलव ७ बिलियन भन्दा बढी मानिसहरुले फेसबुक चलाइरहेको एउटा रिपोर्टले देखाएको छ । डाटा अनुसार नेपालमा भने कुल जनसंख्याको ३४ दशमलव ४ प्रतिशत अर्थात १ करोड ५ लाख २० हजार जनाले फेसबुक चलाइरहेको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here