Home News कालापानी खालि गराउन नेपालीको भया*नक सं’घर्ष | उक्त झ*डप र लडा*इका प्रत्यक्षदर्शी...

कालापानी खालि गराउन नेपालीको भया*नक सं’घर्ष | उक्त झ*डप र लडा*इका प्रत्यक्षदर्शी पत्रकारको यात्रा डाईरि ( सेयर गराै )

95
0

कालापानी , लिपुलेख , लिम्पियाधुरा क्षेत्रको स्थलगत अनुगमन अभियानमा सहभागी पत्रकारको बयान। ५७ जनाको टोलीले कालापानी भ्रमण गरि फर्किदाको बिस्त्रित डाईरि। ईण्डियन अत्या*चार and नेपालीको प्रतिकार संगसंगै ज्या*दती र झडपको सम्पूर्ण जानकारी

याे समचार पनि पढ्नुहोस्
प्रतिकूल मौसमका कारण पाँच दिनदेखि हवाई उड्डयन क्षेत्र प्रभावित भएको छ। खराब मौसमको सबैभन्दा बढी मार हवाई क्षेत्रले बेहोर्नु परेको छ। मौसम खराबीले ‘भिजिबिलिटी’कम हुँदा मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान प्रभावित भए। मंगलबार पनि कतिपय गन्तव्यको उडान सञ्चालनमा कठिनाइ भएको विमानस्थलले जनाएको छ।

विशेषगरी हेलिकोप्टर कम्पनीको व्यापार बढी प्रभावित भएको छ। तीन दिनका लागि बुकिङ भएका विभिन्न कम्पनीका दैनिक ७० जना यात्रु उडाउने उडान तालिका रहे पनि चार दिनसम्म उडान भएन। यो अवधिमा करीब ४० उडान रद्द भए। यस्तै १२ भन्दा बढी उद्धार उडान रद्द भएको वायुसेवा सञ्चालक सङ्घ नेपालले जनाएको छ। गोसाइँकुण्डको मात्रै ४० उडान रद्द भएको छ। सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले प्रतिकूल मौसमका कारण हवाई क्षेत्रको उडान प्रभावित भएको र सबैभन्दा बढी असर हेलिकोप्टर कम्पनीमा परेको बताए।

काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणले देशभरको जनजीवन प्रभावित भएको छ। वायु प्रदूषणले मानवस्वास्थ्यमा पनि असर गर्ने विज्ञहरुले बताएका छन्।

वसन्त यामको मुख्य आरोहणको मौसममा हेलिकोप्टरको व्यापार राम्रो हुन्छ। अघिल्लो वर्ष कोभिड–१९ महामारीका कारण आरोहण नभएपछि प्रभावित बनेको यो व्यवसाय कोभिडपछि विस्तारै गति लिँदै गरेकामा केही दिनदेखिको मौसम खराबीको थप चपेटामा परेको छ। हेलिकोप्टरका ११ कम्पनी रहे पनि १० कम्पनीका ३६ हेलिकोप्टरले सेवा दिँदै आएका छन्। भिजिबिलिटी नहुँदा हेलिकोप्टरमात्र हैन जहाजको उडान पनि प्रभावित भएको छ।

प्रवक्ता शर्माका अनुसार हवाईजहाजतर्फ पनि चार दिनसम्म अधिकांश उडान रद्द भए। सोमबारसम्मको तथ्याङ्कमा ट्रङक रुटमा बुद्ध एयरको ६५, यति एयरलाइन्सको ४५, श्री एयरलाइन्सको २२, सौर्य एयरलाइन्सको १४ र अन्य एयरलाइन्सको आठ उडान रद्द भएका छन्।

यस्तै, स्टल रुटमा पनि करीब ४० उडान रद्द भएको सङ्घका प्रवक्ता शर्माले जानकारी दिए। अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ नियमित उडानमा ४०० उडान हुने गरेका छन्। हवाईजहाजतर्फ नौ कम्पनीका ५० जहाज छन्।

पछिल्लो चार दिनमा आन्तरिकतर्फ सयौँ उडान रद्द भएका छन्। प्रतिकूल मौसमकैबीच विमानस्थलले आन्तरिक र अन्तरराष्ट्रियतर्फ यान्त्रिक पद्धति ९आइएफआर० उडान सञ्चालन गरिरहेको छ। अन्तरराष्ट्रिय उडानतर्फ पनि केही उडान प्रभावित भएका छन्। थोरै उडान डाइभर्ट भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here