Home News बैतडीमा पनि चीनसँगको सहकार्यमा फलाम खानी उत्खनन् सुरु,देशभरका यतिधेरै फलाम खानी कहिले...

बैतडीमा पनि चीनसँगको सहकार्यमा फलाम खानी उत्खनन् सुरु,देशभरका यतिधेरै फलाम खानी कहिले होला उत्खनन् ? (भिडियो हेर्नुहोस्)

140
0

बैतडीमा पनि चीनसँगको सहकार्यमा फलाम खानी उत्खनन् सुरु,देशभरका यतिधेरै फलाम खानी कहिले होला उत्खनन् ?
बैतडीको सिगास गाउँपालिकामा भेट्टिएको फलाम खानीको उत्खनन शुरु गरिएको छ । गत चैत ८ बाट सुभम मिनिरल्स प्राइभेट कम्पनी तथा चीनको संयुक्त साझेदारीमा फलाम उत्खननको काम भइरहेको हो ।

सुभम मिनिरल्सले परीक्षणकालमा मात्रै करीब ८० प्रतिशत ढुङ्गामा फलाम भेटिएको बताएको छ । चीनको विज्ञ टोली आएर खानी उत्खनन शुरु भएको छ । यसअघि नवलपरासीको धौवादीबाट संकलित चट्टानको चीनमा परीक्षण गर्दा फलाम खानीको राम्रो संभावना देखिएपछि सरकार त्यहाँ रहेको फलाम भण्डार खोतल्न उत्साहित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष चासोपछि परियोजना नै बनाएर थप अध्ययन र परीक्षण उत्पादनको काम अघि बढाइएको छ ।

प्रारम्भिक अनुमान अनुसार यो क्षेत्रमा १० करोड टनभन्दा धेरै फलाम छ जसले नेपालको फलामको मागलाई वर्षौंसम्म थेग्न सक्छ । नेपालमा फलाम खानीको परम्परागत उपयोग सयौं वर्षदेखि भए पनि व्यवस्थित उत्खनन् हुन सकेको छैन । राणाकालमा दैनिक ९ नाल बन्दूक बन्ने गरेको ठोसेको फलाम तिब्बत निर्यात हुने गरेको इतिहास छ ।

रामेछाप र रोल्पा लगायत विभिन्न जिल्लामा रहेका परम्परागत फलाम खानीले सन् १९७० को दशकसम्म स्थानीय घरेलु माग धान्ने गरेको ‘मिनरल रिसोर्सेज अफ नेपाल’ पुस्तकमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here