Home News अर्को महिना कोरिया को लामो बसाई सकेर घर आउने सपना बोकेका गगन...

अर्को महिना कोरिया को लामो बसाई सकेर घर आउने सपना बोकेका गगन कोरिया मै अस्ताए

106
0

दक्षिण कोरियामा एक नेपाली कामदारको मृ८त्यु भएको छ।हृ८दयघातका कारण सुर्खेतका गगन रावलको कोरियामा मृ८त्यु भएको सुर्खेत समाज दक्षिण कोरियाले जानकारी दिएको छ। उनको मंगलबार राति स्थानीय समयअनुसार साढे २ बजे मृ८त्यु भएको हो।दक्षिण कोरियामा ४ वर्ष १० महिना बसिसकेका उनी अप्रिलमा नेपाल आउने योजनामा थिए।

सउल: दक्षिण कोरियामा इपिएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत विदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन गरे पनि कमिटेड (प्रतिबद्ध) कामदारका रूपमा दोस्रोपटक कोरिया आउन पाउने भएका छन्। यस्तो व्यवस्थासहितको कानून गत वर्षकै असोजतिर मस्यौदा तयार भएको भए पनि गत बुधबार कोरिया सरकारले पारित गरेको प्रवासी मजदुर युनियन (एमटियु)का अध्यक्ष उदय राईले जानकारी दिए।

यसअघिको कानूनमा कम्पनी परिवर्तन नगरी एउटै कम्पनीमा लगातार चार वर्ष १० महिना काम गरेकाहरु मात्र दोस्रो कार्यकालका लागि प्रतिबद्ध कामदारका रूपमा कोरिया आउन पाउँथे। नयाँ नियमानुसार कम्पनी सरे पनि केही निश्चित शर्त पूरा गरी कोरिया पुनः आउन पाउने भएका हुन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here