सानाे उमेरमा सि’दुर पुछियो श्री’मान को घाँ’टी मु’न्टो भुईमा गा’डेर मा”रेको भन्दै रु’दै मिडियामा (भिडियो हेर्नुहोस)
याे समचार पनि पढ्नुहोस्
बरिस्ठ हास्यकलाकार तथा सामाजिक अभियानर्ता सिताराम कट्टेल र कुन्जना घिमिरेको सामाजिक संस्था धुर्मुस सुन्तली फाउन्डेसन नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने भएको थियो।
सामाजिक सन्जाल फेसबुक मार्फत धुर्मुस सुन्तलि ले उक्त कुरा सार्वजनिक गरेका थिए । यस अगि धुर्मुस सुन्तलि ले क्रीकेट स्टेडियम बनाउने चर्चा चल्दै आएको र स्वयम् धुर्मुश सुन्तली ले पनि चासो देखाउका थिए । जसमा उन का भाई कुमार कट्टेल जिग्री पनि यस बिषय मा ठूलो चासो देखाउदै आएका थिए । फलस्वरूप उनले उक्त ठूलो घोषणा गरेका थिए ।
उनले फेसबुक पोस्ट मा भनेका थिए “अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल ‘नमुना नेपाल’ निर्माण परियोजनाको सर्बेको काम सकेर मास्टर प्लान, डि.पि.आर. र ई.आई.ए. को प्रकृयामा अघि बढिरहेको बेला चौतर्फि रुपमा बिभिन्न क्षेत्रबाट नेपालमा एउटा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट मैदान अपरिहार्य रहेको र सो निर्माणको संयोजन पनि तपाईहरुले गरिदिनुपर्यो भनेर एकप्रकारको सुझाव अनि अनुरोध आईरहेकै थियो । हामीलाई दुबै परियोजनालाई अघि बढाउन सकिन्छ कि सकिँदैन भन्ने ठुलो चिन्ता थियो । सबैको ईच्छा, चाहाना मात्र नभई क्रिकेटको स्तर उन्नती अनि खेलाडिहरुको मनोबल बढाउन पनि हामी दुबै चिजलाई अगाडि बढाउने निर्णयमा पुगेका छौं ।”
उनले थप लेखेका छन् “नेपालि क्रिकेटले अन्र्तराष्ट्रिय जगतमा देशको शिर ठाडो बनाएर हरेक नेपालीलाई खुसी दिलाउने मात्र नभई देशकै गरिमा उच्च राख्ने काम गरेको छ । र यो अभियान धुर्मुस सुन्तली फाउण्डेशनको मात्रै नभई राष्ट्रकै अभियान हो । फाउण्डेशनले मात्र निर्माण संयोजन गर्नेछ । यसका लागि छुट्टै ईन्टरनेशनल क्रिकेट स्टेडियम निर्माण समिति बन्नेछ । त्यहि समितिको रोहवरमा ईन्टरनेशनल क्रिकेट स्टेडियम बन्नेछ । हामीले हरेक परियोजना सरकारको समन्वयमै सम्पन्न गर्न सकेका हौं र हाम्रो लक्ष्य, उदेश्य भनेकै सरकारलाई हरेक क्षेत्रमा सघाउनु हो । र यो अभियान नितान्त सरकारलाई सघाउन गरिएको अभियान हो । यसमा नेपाल सरकारले गम्भिरता पूर्वक साथ, सहयोग अनि समन्वय गर्नेछ भन्नेमा हामी विश्वस्त छौं ।”