Home News अप्रिल २,३ तारिख मलेसियादेखी नेपालसम्म हुने भनिएको नेपाल एयरलाइन्सको उडान रद्द (जानकारीका...

अप्रिल २,३ तारिख मलेसियादेखी नेपालसम्म हुने भनिएको नेपाल एयरलाइन्सको उडान रद्द (जानकारीका लागि सेयर गराै)

119
0


यहीँ मिति सन् २०२१/०४/ अप्रिल ०२ तारिख शुक्रबार र २०२१/०४/ अप्रिल ०३ तारिख शनिबारको दिन मलेसियाको अन्तर्राष्ट्रिय विमानस्थल केयलआईए देखी नेपाल काठमाडौंसम्म हुने भनिएको नेपाल एयरलाइन्स [आर.ए. ४१६ ] को सम्पुर्ण फ्लाईट,हवाई उडान रद्द भएको छ।

केही प्राविधिक कारणबँस मलेसियादेखी नेपालसम्म २ र ३ तारिखको दिन हुने भनिएको नेपाल एयरलाइन्सको फ्लाईट क्यान्सिल भएको नेपाल एयरलाइन्स मलेसिया देशको आर्थिक प्रमुख (फाइनान्स म्यानेजर) ईन्द्र थापाले मलाया खबरलाई जानकारी गराउनुभयो।

म्यानेजर ईन्द्र थापाले बताए अनुसार २ र ३ तारिख केयलआईए देखी नेपाल काठमाडौंसम्मको लागी यात्रा गर्नको लागी नेपाल एयरलाइन्सको टिकट किन्नु भएको सम्पुर्ण नेपाली लगायतको यात्रुहरुमा पर्न गएको मर्का,असुविधाप्रति एयरलाइन्स क्षमा प्रार्थी छ , तर चिन्ता नलिई ढुक्क साथ बस्नुहुन , धैर्य धारण गर्नुहुन थापाले यात्रुहरुमा अनुरोध गर्नुभएको छ।

थापाले मलाया खबरसंग थप बोल्दै भन्नुभयो , ” २ र ३ तारिखको मितिमा नेपाल एयरलाइन्सको टिकट किनिसक्नु भएको तर नेपाल फर्किन बाँकी रहनु भएका सम्पुर्ण यात्रुहरुलाई एयरलाइन्सले अप्रिल ४ तारिख आईतवारको दिन बिहान ०५:४५ बजेको नेपाल एयरलाइन्सकै ठूलो वाईडबडि हवाई मार्फत सोही टिकटमा नेपाल फर्काइने र यात्रुले अन्य कुनै किसिमको अनावश्यक शुल्क तिर्न नपर्ने बताउनुभयो।

अहिले मलेसियादेखी नेपाल फर्किने यात्रुहरुलाई अनिवार्य ७२ घण्टा भित्रको कोरोना परिक्षणको रिपोर्ट साथमै हुनेपर्ने नियम लगाइएको छ। जसले गर्दा कोरोना परिक्षण गराएको तर परिक्षणको समय अवधी सकिएर नेपाली लगायतको यात्रुहरु मर्कामा पर्ने र विमानस्थलमै अलपत्र परिने अवस्था सिर्जना हुनसकिने देखिइएको छ।

२ र ३ तारिख नेपाल् फर्किने तयारीको साथ विमानस्थल पुग्नु भएका यात्रुहरूलाई कोरोना परिक्षणको रिपोर्टको समय अवधी सकिएको खण्डमा के गर्ने ? भन्ने बारे म्यानेजर थापालाई प्रश्न गर्दा , “यस् बारे अहिलेनै नेपालबाट एयरलाइन्समार्फत कुनै किसिमको आधिकारिक जानकारी नआएको बताउनुभयो। सम्भवत कोरोनाको पिसिआर रिपोर्ट बारे विस्तृत रुपमा भोलि शुक्रबारको दिननै जानकारी सार्वजनिक गर्नसकिने थापाले भन्नुभयो।” malayakhabar. com बाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here