Home News भर्खरै बालुवाटारबाट नसोचेको खबर आयो, राजीनामा दिने बारे प्रधानमन्त्री ओलीको यस्तो घोषणा:...

भर्खरै बालुवाटारबाट नसोचेको खबर आयो, राजीनामा दिने बारे प्रधानमन्त्री ओलीको यस्तो घोषणा: राजीनामा त आइहाल्छ नि ! ( पुरा भिडियोमा हेर्नुहोस्)

519
0

भर्खरै बालुवाटारबाट नसोचेको खबर आयो, राजीनामा दिने बारे प्रधानमन्त्री ओलीको यस्तो घोषणा: राजीनामा त आइहाल्छ नि, समर्थन फिर्ता गर न ! थप पुरा भिडियोमा हेर्नुहोस्..PM Kp Sharma Oli

याे समचार पनि पढ्नुहोस्
नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले सुदूरपश्चिममा नेपाल–खनाल पक्षका ६ वटा जिल्ला कमिटिका अध्यक्षको जिम्मेवारी खोसेको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटिले प्रदेशका ९ वटै जिल्ला कमिटि अध्यक्ष र सचिवको जिम्मेवारी ओली निकटलाई दिइएको छ । यसअघि नौमध्ये ६ जिल्लामा नेपाल–खनाल पक्षका जिल्ला कमिटि अध्यक्ष थिए ।

एमाले प्रदेश कमिटिले जिल्ला अध्यक्षलाई ‘अर्को व्यवस्था नभएसम्म’ भन्दै सबै जिल्लाका अध्यक्ष र सचिवको नाम उल्लेख गरेर जिम्मेवारी दिएको पत्र काटेको बताइएको छ । जसमा एमाले र माओवादी केन्द्र एकीकरण अघिको कमिटिको जिम्मेवारीमा रहेकाभन्दा केही नयाँ रहेका छन् ।कञ्चनपुर जिल्ला कमिटि अध्यक्ष तारालामा तामाङलाई जिम्मेवारीबाट हटाएर उनको ठाउँमा वीरबहादुर थापालाई राखिएको छ ।

यस्तै नेपाल–खनाल निकट कैलालीका अध्यक्ष दीर्घ सोडारीलाई हटाएर रतन थापा, डडेल्धुरामा डा. तारा जोशीलाई हटाएर प्रकाश साउँद, डोटीमा चक्र मल्ललाई हटाएर रामबहादुर ऐर, अछाममा शेरबहादुर कुँवरलाई हटाएर चन्द्र बोहरा र बझाङमा दीलबहादुर सिंहलाई हटाएर अफिलाल ओखेडालाई अध्यक्षको जिम्मेवारी दिइएको छ ।ओली निकट बैतडीका अध्यक्ष सुरेन्द्र पाल, दार्चुलाका अध्यक्ष रामदत्त जोशी र बाजुराका अध्यक्ष लालबहादुर शाहीलाई भने अध्यक्षमा निरन्तरता दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here