Home News देशभर यस्तो काम सुरु हुँदै, प्रधानमन्त्री ओलीद्वारा ५७ अर्ब १० करोड लागत...

देशभर यस्तो काम सुरु हुँदै, प्रधानमन्त्री ओलीद्वारा ५७ अर्ब १० करोड लागत अनुमानको परियोजना सुभारम्भ (जानकारीका लागि सेयर गराै)

104
0

प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका १६५ रणनीतिक सडकको शुभारम्भ घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारबाट शनिबार मध्यान्ह स्विच दबाएर सो सडक शुभारम्भको घोषणा गरेका हुन् ।

नेपालको संविधान २०७२ को भाग ८ को धारा ८४ मा प्रतिनिधिसभा गठनसम्बन्धी व्यवस्था रहेको छ । जसमा प्रतिनिधिसभा २७५ सदस्यीय रहने भनिएको छ । नेपाललाई भूगोल र जनसंख्याको आधारमा १६५ निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना रहने गरी पहिलो निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने १६५ सदस्य’ हुनेछ भनि सोही धाराको (क) मा भनिएको छ ।

सोही १६५ निर्वाचन क्षेत्रलाई समृद्ध बनाउने लक्ष्यका साथ सरकारले शुक्रबार १६५ क्षेत्रमा एकसाथ रणनीतिक सडक शुभारम्भ गरेको हो । देश विकासको सबैभन्दा प्रमुख पाटो सडक सञ्जाल भएको सरकारको भनाइ छ । वर्तमान संघीय सरकारको क्षेत्राधिकारभित्र ८० वटा राजमार्ग निर्माण, सञ्चालन, मर्मतसम्भार र व्यवस्थापनको जिम्मेवारी रहेको छ । आम नेपालीको आर्थिक, सामाजिक जीवनस्तरमा बढोत्तरी गर्न हो भने सडक यातायात पहुँच पहिलो आवश्यकता भएको सरकारको भनाइ छ ।

देशले देश विकासमा राष्ट्रिय राजमार्ग मात्रै नभइ संघीय राजधानी प्रदेश राजधानी, जिल्ला सदरमुकाम लगायत देशकै अन्य ऐतिहासिक पुरातात्विक धार्मिक, पर्यटकीय स्थलहरु आर्थिक स्रोतका प्रमुख आधार हुन् । यस्ता सामरिक स्थलसँग प्रत्यक्ष सडक सञ्जाल जोडी दिगो रुपमा सञ्चालनमा ल्याउन आवश्यक भएको सरकारको भनाइ छ ।

देश विकासमा महत्वपूर्ण भूमिका खेल्ने सडकहरूको निर्माण र एकीकृत रुपमा विकास गर्ने निर्वाचन क्षेत्र विकास सडक मापदण्डको मुख्य लक्ष्य रहेको छ । सोही भएर त्यस्ता सडकको निर्माण, विकास र पहिचान गर्नु अति आवश्यक रहेको सरकारको भनाइ छ । प्रत्येक निर्वाचन क्षेत्रमा एउटा सडक सञ्चालन गरी त्यसलाई दीगो रुपमा जनताको आर्थिक सामाजिक जीवनसँग जोड्ने पनि सरकारको लक्ष्य छ । रणनीतिक सडक मापदण्डअनुसार हाल निर्वाचन क्षेत्रमा छरपस्ट अवस्थामा रहेका सडकहरूलाई एकीकृत गरी साझा रुपमा निर्माण गर्न सहजता पनि मिल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here