गुल्मि जिल्लाको गुल्मिदरबार गाउपालिका जहाँ एक आमा बस्नुहुन्छ अनि आमाका तीन छोराछोरी ।आमाले श्रिमान गुमाउनु अनि आफुले पनि छोराछोरीको लागि भनेर काम गर्न नसक्नु ,शारीरिक कमजोरिले गर्दा ,यो पीडा यो परिवारलाई भन्दा बढि कस्लाई थाहा होलार ।
घरको मुल स्तम्ब अभिभावक पीता नै नहुनुले जसरि घरको खाबो झिक्दा खेर घरको स्थिति हुन्छ त्यस्तै नै पिता नहुदा यो परिवारको स्थिति भएको छ ।आफुले नत राम्रो लाउन दिने नत खान दिने नत पढाउननै सक्ने नत कामै गर्ननै ,यस्तो अवस्था भइरहदा मेरा छोराछोरीलाई लगेर कसैले पढाइदिएपनि हुने भन्दै आमा गुनासो गर्नुहुन्छ ।
दुईहात फिजाउन कस्लाई रहर हुन्छ र तर कहिलेकाही बाध्यताले यसरी घाँटी नि`चोर्छ कि जुनलाई सहनुबाहेक बिकल्पनै नहुदो रहेछ ।अझ अहिले बस्दै आएको घरको भाडा तिर्न नसक्दा घरबेटिले निकाल्दिने भन्दिनुले आमा झनै दुखि हुनुहुन्छ ।नभन्दै भोलिनै यहाबाट निस्केर हिड्नपरे कहाँ जाने के गर्ने ती नालाबालाको के होला ,साचै कति दुख हुदो हो ।