महान राष्ट्रवादी चिनियाँ जसले अमेरिकालाई मार्सल आर्ट सिकाए। विश्वप्रसिद्ध भएर ३२वर्षमै रह*स्यम म*रे । महान राष्ट्रवादी चिनियाँ जसले अमेरिकालाई मार्सल आर्ट सिकाए। विश्वप्रसिद्ध भएर ३२वर्षमै रहस्यम म*रे
याे समचार पनि पढ्नुहोस्
ह्विलचियरमा हिँड्ने तेजबहादुर घर्ती मगर बिरामी छन् । उनी आइतबार वीर अस्पतालमा स्वास्थ्य जाँच गराएर आफूजस्तै अपाङ्गता भएका साथि भरतबहादुर कार्कीसँग दिउँसो भृकुटीमण्डप आए, जहाँ शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी झरिरहेको धारा उद्घाटन गरेकी थिइन् ।
उनीहरुले धारामा फोटो खिच्नेहरुको भिड देखे । त्योसँगै मगरलाई अघिदेखि तिर्खा लागेको सम्झना भयो, तर धाराको पानी खान सकेनन् । अग्लो ठाउँमा राखिएको धाराको पानी खस्ने भागमा खाल्डो छ । त्यो होचो भागलाई करिब एक फिट अग्लो सिमेन्टको डिल लगाएर छेकिएको छ ।
त्यो डिल नाघेर ह्विल चियर लैजान मिल्दैन । त्यहाँबाट झर्न सिँढी ओर्लिनु पर्छ ।कसैले बोकेरै भित्र लगिदिए पनि ह्विलचियरमा बसेर पानी खान मिल्दैन । धारा खोल्दा साँघुरो खाल्डो पुरै ढाकिने गरी ह्वाल्ल पानी आउँछ । तीनवटा धारामध्ये दुई छेउका धाराको टुटी ह्विल चियरबाट खोल्न मिल्दैन ।
बालबालिका र होचा–पुड्का अपांगता भएकाले भेट्न नसक्ने गरी टुटी राखिएको छ । कोसिस गरेर टुटी खोलीहाले ‘फोर्स’ले आउने पानीले पुरै भिज्ने अवस्था छ ।यस्तो धारामा मगर र कार्की दर्शक मात्रै भए । अरुले पानी पिएको, फोटो खिचेको हेरे । पानी खोल्न, आँत भिजाउन नमिल्ने धारा अगाडि आफूहरुले पनि फोटो खिचेर खुशीयाली मनाए ।
‘पानी थापेर खाने भाँडो थिएन । अरुले बोतल ल्याउँछन् कि भनेर केहीबेर कुर्दा पनि नभएपछि पानी खान नजिकै रहेको राष्ट्रिय अपांग कोषको कार्यालयमा गयौं’, मगरले भने, ‘हामी जस्ता अपांगता भएकाहरुले प्यास मेटाउन नपाउने यस्ता सार्वजनिक धाराको के काम ?’
‘सुझाव पनि मानिएन’-अपांगता भएका रोल्पाली तेजबहादुर घर्तीमगरले काठमाडौंमा मेलम्चीको पानी आउँदा आफूहरु खुसी भने नभएको बताए । ‘भृकुटीमण्डपजस्तो अपांगता भएका व्यक्तिहरुको बाक्लो आउजाउ हुने ठाउँमा बनाइएको धारा अपाङ्गमैत्री नहुँदा निकै बेमज्जा पनि लागेको छ’, उनले भने, ‘कि त सरकारले अपांगता भएकाले यो धारा हेर्ने मात्रै हो भनेर बोर्ड राख्न पर्यो ।’
भरतकुमार कार्की चाहिँ यी धारा बनाउने तयारी हुँदै गर्दा यहाँ आइपुगेका रहेछन् । काममा खटिएका इन्जिनियरलाई आफूले धारा अपांगमैत्री बनाउन सुझाव दिएको उनी सम्झन्छन् । चार दिनमा हतार–हतार धारा बनाउनेहरुले सुझाव नसुन्दा आफूहरु प्रयोगबाट बञ्चित हुनुपरेको उनको गुनासो छ ।