Home News पेट बाट आन्द्रा स’हित क’लेजो’नै नि’स्कियो, आठ महीना’को कठै बाबु….(भि’डियाे हेर्नु*हाेस)

पेट बाट आन्द्रा स’हित क’लेजो’नै नि’स्कियो, आठ महीना’को कठै बाबु….(भि’डियाे हेर्नु*हाेस)

513
0


गोर्खाका आरुश उपरकोटि जो जन्मेर आठ महिना मात्रै लागका थिए तर उनको पेटमा थैलो जस्तो देखिन्थ्यो जुनलाई अप्रेसन गरि फ्यालेर घर ल्याइएको रहेछ ।

पेटबाट आन्ध्रा मात्रै हैन दाहिने पट्टिको कलेजो नै बाहिर निस्किएको रहेछ र विभिन्न प्रकारका हर्निया मध्य एउटा ती बाबुलाई पनि लागेको चिकित्सकले बताएपछि उनको त्यो पेटमा कलेजो सहित झुन्डिएको भागलाई अप्रेसन गर्दा लगभक अरुलाई १ घन्टा लाग्थ्यो भने उनलाई चार घन्टा भन्दा पनि बढि लागेको उनका पिताले बताए ।

कठै बिचरा बाबू भरखर जन्मिदै मात्रै थिए तर जन्मेसगै यस्तो घातक रोग पनि सगै लिएर जन्मिए ।परिवार पनि त न्यून आयश्रोत भएको र गरिबिकै झुपडिमा रोमलिएको रहेछ ।एकचोटि को उपचार जेनतेन कसोकसो गरे तर फेरि हस्पिटल लग्नुपरे आर्थिक अभाव पर्दोहो
आउनुहोस् सहयोग गरौ ।

याे समचार पनि पढ्नुहोस्
बच्चा के चाहन्छन् ? बच्चा के कुरामा खुसी हुन्छन् ? हामी चासो राख्दैनौं । बच्चाको खुबी के हो ? हामी सोध्दैनौं । त्यसैले बच्चालाई उनीहरुको रुची, क्षमता भन्दा अरु कुरामा हामीले जोड दिन्छौं । नतिजा, बच्चाले अपेक्षित सफलता हासिल गर्दैनन् ।साथसाथै उनीहरुसँग भएको प्रतिभा पनि उजागर हुन पाउँदैन ।

अभिभावकको चाहन्छन्, ‘मेरो बच्चाले धेरै पढोस् । राम्रो जागिर पायोस् । भविष्य सुरक्षित होस् ।’ शिक्षक चाहन्छन्, ‘आफुले पढाएको विद्यार्थीले राम्रो अंक हासिल गरोस्, ताकि मेरो पदोन्नती हुनसक्छ । विद्यालयको ब्रान्ड भ्यालु बढ्छ ।’हरेक शैक्षिक संस्था भन्छ, मेरो रिजल्ट राम्रो छ ।

मेरो पढाई राम्रो छ । मैले पढाएको विद्यार्थीले टप गरेको छ । तर, त्यसपछि कुरा उसले भन्दैन । किनभने विद्यालयको भूमिका पनि त्यती नै । अर्थात निश्चित परीक्षाहरुमा पास गराउनु । परीक्षामा उत्कृष्ट अंकका साथ पास गराएपछि विद्यालयको दायित्व पुरा हुन्छ ।

खासमा विद्यालयले लागि यस्तो आधार तय गर्नुपर्ने हो, जहाँ टेकेर बच्चाले आफ्नो क्षमता, खुबीलाई थप निखार्न सक्छन् । उनीहरुको आफ्नो बुद्धि, विवेक, क्षमताको विकास हुन्छ र त्यसकै उपयोगबाट भोलिका दिनमा केही गर्न समर्थ हुन्छन् । तर हाम्रो विद्यालय शिक्षाले बच्चाको समग्र विकासमा भन्दा पनि नतिजामा ध्यान दिन्छ ।

त्यही कारण बच्चाहरु रिजल्टको पछाडि दौडन्छन् ।अभिभावक चाहन्छन्, आफ्नो बच्चाले परीक्षामा उत्कृष्ट अंक हासिल गरोस् । यसको अर्थ के भने हामी बच्चालाई प्रमाणपत्रका लागि पढाइरहेका छौं । विद्यालयले भन्ने गरेका छन्, ‘हामीकहाँ पढेपछि विश्व बजारमा बिक्ने प्रमाणपत्र प्राप्त हुन्छ ।

तपाईं जहाँ पनि रोजगारका लागि आवेदन दिन सक्नुहुन्छ ।’यसरी प्रमाणपत्रको चक्करमा लागिरहँदा हामीले बालबच्चालाई जीवनोपयोगी वा व्यवहारिक शिक्षा दिन छुटाउँछौं । उनीहरुको लागि जुन शिक्षा दैनिक जीवनमा वा व्यवहारमा काम आउँछ, त्यसबाट वञ्चित गराउँछौं ।

उनीहरुको क्षमता के छ, के कुरामा रुची छ, के बन्न चाहन्छ, कस्तो जीवनमा रमाउन चाहन्छ भन्ने कुरालाई हामी ध्यान दिदैनौं । जबरजस्ती पुस्तकको पाठ घोकाएर प्रमाणत्रको दौडमा मिसाइदिन्छौं । बच्चालाई शिक्षा दिनु भनेको ज्ञानी बनाउनु मात्र होइन ।सक्षम र उत्तरदायी नागरिक बनाउनु पनि हो ।

भोलि गएर उसले सहज रुपमा आफ्नो जीवन व्यतित गर्न मात्र होइन अरुको मद्दत गर्न पनि सकोस् । अरुको मुहारमा खुसी ल्याउन सकोस् । तर, के तपाईं-हामीले बच्चालाई यस किसिमको वातावरण दिएका छौं ?हरेक बच्चाको आ-आफ्नै खुबी हुन्छ ।क्षमता हुन्छ । त्यसलाई पहिचान गरेर त्यसलाई कसरी फलाउने, फुलाउने भन्ने कुरामा हामीले सहयोगी भूमिका खेल्ने हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here