Home News भिर पाखामा डोजर चलाउने हिम्मतवाली युवतीलाई हेर्नुहोस् , चारै तिरबाट हण्डर खाएपछि...

भिर पाखामा डोजर चलाउने हिम्मतवाली युवतीलाई हेर्नुहोस् , चारै तिरबाट हण्डर खाएपछि यस्तो गर्दै (सम्मान स्वरुप सेयर गराै)

118
0

भिर पाखामा डोजर चलाउने हिम्मतवाली युवतीलाई हेर्नुहोस् , चारै तिरबाट हण्डर खाएपछि यस्तो गर्दै । भिर पाखामा डोजर चलाउने हिम्मतवाली युवतीलाई हेर्नुहोस् , चारै तिरबाट हण्डर खाएपछि यस्तो गर्दै

याे समचार पनि पढ्नुहोस्
विराटनगरस्थित सहिद रंगशालामा खेलकुदका रात्रिकालीन प्रतियोगिता आयोजना गर्न मिल्ने गरी स्थायी फ्लडलाइट (बत्ती) जडान सम्पन्न भएको छ। काठमाडौंपछि मोफसलमै पहिलो पटक प्रदेश १ को राजधानी विराटनगरमा जडान गरिएको फ्लडलाइटको मुख्यमन्त्री शेरधन राईले सोमबार साँझ औपचारिक उद्घाटन गरे।

उनले लाइटको स्वीच थिचि उद्घाटन गरेका हुन्। प्रदेश सरकारको लगानीमा लाइट निर्माण गरिएपछि दिउँसोको समयमा मात्रै खेलकुद प्रतियोगिता गराउनुपर्ने बाध्यताको अन्त्य भएको राईले बताए।

रात्रिकालीनका लागि प्रकाश (उज्यालो) अभाव हुँदा ठूला प्रतियोगिता जाडो तथा गर्मीका मौसममा दिउँसो गराउनु पर्ने बाध्यता थियो। अब लाइट जडान भएर रात्रिकालीन प्रतियोगिता गर्न सकिने भएपछि खेलाडी र खेलप्रेमीलाई राहत पुगेको उनको भनाइ छ। गर्मीका समयमा दिउँसो प्रतियोगिता आयोजना असम्भव भइरहेका बेला लाइट जडानले ठूलो राहत मिल्ने मुख्यमन्त्री राईको अपेक्षा छ।

‘प्रदेश राजधानीमा फ्लड लाइट जडान गर्ने घोषणा यसअघि प्रदेश सरकारले गरेको थियो’, उनले भने, ‘त्यही घोषणा र प्रतिवद्धता आज पूरा भएको छ।’ राईले खेलकुद क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी पनि दिए।

मुख्यमन्त्री राईले सरकारको आलोचना गर्नेहरुलाई काम भइरहेको छ कि छैन भन्ने जानकारी लिन सहिद रंगशालामा आएर हेर्न पनि आग्रह गरे। उनले प्रत्येक जिल्लामा जतिसक्दो चाँडो रंगशाला निर्माण गरिसक्ने अभियानमा प्रदेश सरकार जुटेको पनि बताए। प्रदेश १ मा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बु गरेर १४ वटा जिल्ला छन्।

मुख्यमन्त्री राईले फ्लड लाइटका कारण अब खेलकुदका अन्तर्राष्ट्रिय प्रतियोगिताहरु पनि आयोजना गर्न सहज भएको बताए। ‘विराटनगरको सहिद रंगशालामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका प्रतियोगिता सञ्चालनमा सहजता भएर यस क्षेत्रको उद्योग, व्यापार र आर्थिक समृद्धिमा टेवा पुग्ने छ,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here