Home News भर्खरै सकियो सर्वदलीय बैठक खुशी हुँदै बाहिरिए हेर्नुहोस् यस्तो निर्णय, प्रधानमन्त्री ओलीले...

भर्खरै सकियो सर्वदलीय बैठक खुशी हुँदै बाहिरिए हेर्नुहोस् यस्तो निर्णय, प्रधानमन्त्री ओलीले यसो भने (भिडियो हेर्नुहोस)

91
0


भर्खरै सकियो सर्वदलीय बैठक खुशी हुँदै बाहिरिए हेर्नुहोस् यस्तो निर्णय, प्रधानमन्त्री ओलीले यसो भने (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा) मा आन्तरिक ध्रुविकरण करण शुरु भएको छ ।खासगरी अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा जसपामा दुई स्पष्ट धार देखा परेका छन् ।

पार्टीमा विवाद उत्कर्षमा पुग्दै जाँदा दुवै पक्षले आफ्नो पक्षमा लाग्ने सांसदको हिसाब किताब गर्न थालेका छन् । प्रतिनिधि सभामा जसपाका ३४ सांसद छन् । २ सांसद हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा परेकोले हाल ३२ जना बाँकी छन् । जनता समाजवादी पार्टीको एकता अघिको राष्ट्रिय जनता पार्टीबाट निर्वाचित १६ र तत्कालिन समाजवादी पार्टीबाट निर्वाचित १६ जना सांसद संघीय संसदमा छन्।

पार्टीभित्र विवाद चुलिँदै जाँदा पूर्वराजपा खेमाका केही सांसदले पूर्वसमाजवादीका नेता उपेन्द्र यादवलाई र पूर्वसमाजवादीका केही सांसदले पूर्वराजपाका नेता महन्थ ठाकुरलाई साथ दिने देखिएको छ ।जसपामा प्रधानमन्त्री केपी शर्माओली र उनको सरकारसँग मिल्नुपर्छ भन्ने लाइनको नेतृत्व ठाकुरले गर्दै आउनुभएको छ ।

त्यस्तै, कुनै पनि अवस्थामा ओलीसँग मिल्नु हुँदैन भन्ने समूहको नेतृत्व यादवले गर्नुभएको छ । पूर्वराजपा अध्यक्षमण्डलका ६ जनामध्ये महेन्द्र यादव, जसपा संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराई, नेताहरू राजेन्द्र श्रेष्ठ, रामसहाय यादव, रामबावु यादव र लिला सिटौलालगायतले यादवलाई साथ दिएका छन्।

जसपामा रेणु यादव, इस्तियाक राई र प्रदीप यादवलगायतका केही सांसदको छुट्टै समूह पनि सक्रिय रहेको बताइन्छ । स्रोतका अनुसार पूर्वसमाजवादी पार्टीका नेताहरुको समूह भएपनि यि नेताहरु उपेन्द्र यादवको पक्षमा खुलिसकेका छैनन् । राईले आफू पार्टी सामूहिक नेतृत्वमा चल्नुपर्छ भन्ने लाइनमा उभिएको बताउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here