Home News नागरिक आन्दोलन ले MCC को छाती मै प्रहा’र- ताजा जानकारी | महाकाली...

नागरिक आन्दोलन ले MCC को छाती मै प्रहा’र- ताजा जानकारी | महाकाली संझौता पछि एमसीसी | अमेरिकी सेना नेपालमा (जानकारीका लागि सेयर गराै)

214
0


नागरिक आन्दोलन ले MCC को छाती मै प्रहा’र- ताजा जानकारी | महाकाली संझौता पछि एमसीसी | अमेरिकी सेना नेपालमा (जानकारीका लागि सेयर गराै)

सुरक्षाकर्मिहरुकै घेरा भित्र परि थापा संग सनसनीपूर्ण अन्तर्वार्ता। कार्यक्रम स्थल मै गरिएको छयांकन पछि – पहिलोपटक सार्वजनिक /देश बिच्नेहरुको रणनिति कसरि अगाडी बढ्दो रहेछ ? आम नेपालीका लागि बिशेष जानकारी हुन सक्छ। २० बर्ष संसदमा जे देखें

देश र जनताको धरोहर ,आम गोर्खाली जातिको बिरताको प्रतिक , इतिहासको चर्चा गर्दै बर्तमानलाई सफल बनाउने अभीयानको माध्यम हो अन्नपुर्ण अनलाईन एच डि टिभी। भविस्य कस्तो हुनेछ , हाम्रै कर्म र धर्मले निर्क्यौल गर्ने छ। सबैकुरा थाति राखेर मात्र नेपाली बन्न सके दुनियाको शक्तिशाली र धनि मानिस तपाइ नै हुनुहुने छ। तपाइको देश शक्तिशाली रहने छ , अन्यथा हबिगत साक्षी छ ,

याे समचार पनि पढ्नुहोस्
नेपालको संविधानमा कुनै पनि नेपाली नागरिकलाई नागरिकताको हकबाट वञ्चित नगरिने व्यवस्था छ। तर, यी चार जनाजस्ता युवायुवती अनागरिक अवस्थामै छन्। अनागरिक हुनु भनेको ‘राज्यविहीनता’को अवस्था हो। राज्य र व्यक्तिबीचको कानुनी सम्बन्ध स्थापित गर्ने महत्वपूर्ण आधारभूत दस्तावेज हो नागरिकता। तर, नागरिकता नै नहुँदा राज्यका सेवासुविधाबाट वञ्चित हुनुपर्ने अवस्था छ।

२०७२ सालमा जारी नयाँ संविधानलाई विश्वकै उत्कृष्ट भनिएको थियो। टोल–टोल, चोक–चोकमा संविधानको विशेषता टाँसिएको थियो। आमाको नामबाट नागरिकता पाइने विषय प्रमुख रूपमा लेखिएको थियो। तर, कैयन युवायुवतीले अझै आमाको नामबाट नागरिकता पाउन सकेका छैनन्।

त्यसो त अन्तरिम संविधान २०६३ भन्दा पहिले आएको नागरिकता ऐन नै चलनचल्तीमा छ। त्यसमा भएका विभिन्न व्यवस्थालाई निस्तेज पार्ने खालको गृह मन्त्रालयको नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका २०६३ कायमै छ। जिल्ला प्रशासन कार्यालयहरूले यही निर्देशिकाका आधारमा नागरिकता प्रदान गर्ने गर्छन्।

सरकारले नेपाल नागरिकता ऐन २०६३ लाई संधोशन गर्न २०७५ सालमा विधेयक अघि बढाएको थियो। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा २०७५ भदौ ५ गतेदेखि दफावार छलफल भयो। गत असार ७ गते समितिबाट पारित भई यो विधेयक प्रतिनिधिसभामै पुगेको छ। तर, संसद्ले पारित गर्न सकेको छैन।

सरकारले संविधानमा भएको कुरा कार्यान्वयन गर्न कानुन बनाउन सकेको छैन। नयाँ संविधान जारी भएको पाँच वर्ष नाघ्यो। तर, संविधानले नै प्रत्याभूत गरेका हकअधिकार कार्यान्वयन हुन सकेको छैन। संविधानको धारा १० देखि १५ सम्म नागरिकतासम्बन्धी व्यवस्था छ। धारा १० (१) मा ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकताको हकबाट वञ्चित गरिनेछैन’

भन्ने व्यवस्था छ। तर, थुप्रै युवायुवती नागरिकताको हकबाट वञ्चित छन्। हक भनेपछि उपचारको व्यवस्था हुनुपर्ने हो। तर, गलत नियतले सिफारिस नदिने, नागरिकता बनाउन इन्कार गरिदिनेविरुद्ध उपचारको व्यवस्था छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here