Home News Rabi Lamichhane भन्छन् “चि’न्ता नगर्नुस हामी साथमा छौ” | मदनकृष्ण फेरी अस्प*ताल...

Rabi Lamichhane भन्छन् “चि’न्ता नगर्नुस हामी साथमा छौ” | मदनकृष्ण फेरी अस्प*ताल भर्ना, ७ जना पक्रा*उ । यस्तो छ देशमा पछिल्लो अवस्था (भिडियो हेर्नुहोस)

408
0


Rabi Lamichhane भन्छन् “चिन्ता नगर्नुस हामी साथमा छौ” | मदनकृष्ण फेरी अस्प*ताल भर्ना, ७ जना पक्रा*उ । यस्तो छ देशमा पछिल्लो अवस्था (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
यसपालीको मनसुनका समयमा मुलुकका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती प्रदशेका अधिकांश स्थानमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी, हिमाली भूभागमा सदरदभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ। त्यहाँ ३५ देखि ६५ प्रतिशत वर्षा हुने अनुमान छ।

उच्च हिमाली क्षेत्रमा भने ५५ देखि ६५ प्रतिशत वर्षा (हिउँ) हुने अनुमान गरिएको विभागको जलवायु विष्लेषण शाखा प्रमुख वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले जानकारी दिइन्। यसरी बढी हिउँ पर्दा हिमाली जनजीवन प्रभावित हुनसक्ने छ। जल तथा मौसम विज्ञान विभाग र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले मनसुन अवधिमा हुने तापक्रम र वर्षाको अवस्थाबारे अनुमान गरी सार्वजनिक गरेको हो।

औषतभन्दा बढी वर्षाले मुलुकमा बाढी पहिरोको सम्भावना बढी हुने भएकाले अहिलेदेखि नै सावधानी र क्षति न्यूनीकरणका कार्यक्रम तीब्ररूपमा अघि बढाउनुपर्ने मौसमविद्को भनाइ छ। विभागका उपमहानिर्देशक डा अर्चना श्रेष्ठ गत वर्ष बाढी पहिरोले क्षति पुर्‍याएको ठाउँमा र भूकम्पले असर गरेको क्षेत्रमा यसपाली पनि विशेष सावधानी अपनाउन सुझाव दिएका छन्।

प्राप्त विवरणमा लुम्बिनी, गण्डकी, वाग्मती, प्रदेशको तराई र प्रदेश नं २ को पश्चिमी भूभागमा सरदर वर्षा ९३५ देखि ४५ प्रतिशत हुने, र प्रदेश १ को तराई र प्रदेश नं २ को पूर्वी जिल्लामा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको छ। यसपाली आगामी जेठ १८ देखि नेपालमा मनसुन भित्रिँदै छ। यसको अवधि असोज १४ गतेसम्म रहने जनाइएको छ। गत वर्ष मनसुन शुरु भएको दिनदेखि नै भारी वर्षा हुँदा ठूलो जनधनको क्षति भएको थियो।

प्रदेश नं १ र २ तथा वाग्मती प्रदेशको केही भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने तथा परासी, नवलपुर, पाल्पाका केही भूभागमा बाहेक देशका अन्य भूभागमा सरदरभन्दा कम तापक्रम हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here