Home News Breaking: नेपालमा आज एकैदिन थपिए ११११ जना कोरोना संक्रमित

Breaking: नेपालमा आज एकैदिन थपिए ११११ जना कोरोना संक्रमित

140
0

नेपालमा पछिलो २४ घन्टामा थप ११११ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज पनि थप ११११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।उनीहरुमा देशका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा आज थप ११११ जनामा कोरोना पुष्टि भएको हो ।यससँगै कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ५६९ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म २० हजार ७३ जना डिस्चार्ज भएका छन् ।

हालसम्म डिस्चार्ज हुने दर ५६ प्रतिशत रहेको छ ।आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ ।पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १२ हजार ६२९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ४७ हजार ८८१ जनाको पीसीआर परीक्षण गरिएको छ ।देशभरका संस्थागत आइसोलेसन ९ हजार ६३ जना र होम आइसोलेसनमा ६ हजार २१० रहेका छन् । आजसम्म देशभर ९ हजार ४८८ जना क्‍वारेन्टिनमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here