Home International जापानी प्रधानमन्त्रीले ‘ड्यूटी’ पूरा गर्न नसकेकोमा मा’फी माग्‍दै राजीनामा दिए

जापानी प्रधानमन्त्रीले ‘ड्यूटी’ पूरा गर्न नसकेकोमा मा’फी माग्‍दै राजीनामा दिए

194
0

जापानका प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्य समस्याको का’रण देखाउँदै राजीनामा घोषणा गरेका छन् । जपानको इतिहास मै सर्वाधिक लामो अवधि प्रधानमन्त्री बनेका ६५ वर्षीय नेता सिन्जो पछिल्लो समय स्वास्थ्य समस्यासँग जुधि रहेका थिए । स्वास्थ्य समस्याका कारण उनी पछिल्लो दुई साताअघि मात्रै दोस्रो पटक अस्पताल भर्ना भएका थिए ।

‘मेरो कार्यकालको एक वर्ष अवधि हुँदा हुँदै पनि मैले राजीनामा दिने निर्णय गरेको छु’ आबेले शुक्रबार पत्रकार सम्मेलनको क्रममा भनेका छन्। यस्तै उनले जिम्मेवारी पूरा गर्न नसकेकोमा जापानी जनतासँग माफी माग्न चाहेको समेत बताएका छन् । आबे पछिल्लो समय ‘कोलाइटिस’को स्वास्थ्य समस्यासँग जुध्दैआएका छन् ।

२००७ मा पनि आबेले यसै गरी स्वास्थ्य समस्या देखाउँदै राजीनामा दिएका थिए । तर २०१२ मा फेरि निर्वाचिन भएका हुन् । कोरोना महामारीसँग जुध्नुपर्ने कठिन समयमा अचानक आबेले दिएको राजीनामालाई चासोका साथ हेरिएको छ। यद्यपि उनी सफल प्रधान मन्त्रीको रुपमा चिनिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here