Home News मलेसियाबाट एकै दिन ल्याइयो १६ नेपालीको श’व

मलेसियाबाट एकै दिन ल्याइयो १६ नेपालीको श’व

239
0

मलेसियाबाट आज एकै दिन १६ जना नेपालीको श,व ल्याइएको छ । को’रोना म’हामारीको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएका मध्ये १६ वटा श,व आज ल्याइएको हो । मलेसियाबाट घर फर्कने नेपाली लिन गएको नेपाल एअरलान्सको चार्टर्ड जहाजले २ सय ६२ जना यात्रु र १६ वटा श,व ल्याएको हो ।

यस्तै आजै मलेसिया बाट हिमालय एअर लाइन्सको चार्टर्ड जहाजबाट १५६ जना नेपाली पनि स्वदेश आइपुगेका छन् । कतार एअरवेज मार्फत दोहाबाट आज नै ७२ जना नेपाली स्वदेश आएका र १२७ जना यात्रु लिएर कतार एअरवेज फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका अनुसार, भोलि शनिबार नेपाली ल्याउन, लिन जान र नेपाली लिएर आएका जहाज फर्कन गरी ९ वटा अन्तर्राष्ट्रिय उडान हुँदैछ ।

भोलि सिल्क एअर सिङ्गापुरबाट नेपाली लिएर आउनेछ भने जजिरा एअर कुवेतबाट आउँदै छ । हिमालय एअर लाइन्सको दुई जहाज मलेसियाको क्वालालाम्पुर र कुनमिङ् जाने र नेपाल एअरलाइन्सको एउटा जहाज पनि नेपाली लिन भोलि मलेसियाको क्वालालाम्पुर जाने तालिका रहेको छ । भोलि नै नेपाल एअरलाइन्सले कुवेत गएर त्यहाँ समस्यामा रहेका नेपालीहरु लिएर आउँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here