Home Health छोरीको न्वारनमा खसी का’टेर भोज आयोजना गर्ने नै बुबा संक्रमित, ७० जनाको...

छोरीको न्वारनमा खसी का’टेर भोज आयोजना गर्ने नै बुबा संक्रमित, ७० जनाको स्वाब संकलन

131
0

को’रोना महामारीको कारण यतिबेला अधिकांश सामाजिक कार्य बन्द छन्। समुदायमा को’रोना सङ्क्रमण देखिएपछि बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञामा अत्यावश्यक बाहेकका सबै क्रियाकलापलाई ब’न्देज गरिएको छ। तर बागलुङ-१० भकुण्डको गलुवामा को’रोना महामारीको अवस्थामा न्यूनतम स्वास्थ्य मापदण्ड समेत नअपनाइ भोजको आयोजना गर्दा समुदायमै को’रोना संक्रमण फैलिने आशंका गरिएको छ ।

को’रोना जो’खिमको समयमा छोरीको न्वारनमा एक परिवारले ठूलो जम’घट गरी भोज गरेको पाइएको छ। लमजुङबाट आएका न्वारन गर्ने छोरीका बुबालाई नै को’रोना सङ्क्रमण पुष्टि भएपछि गलुवाका ७० जनाको स्वा’ब सङ्कलन गरिएको बागलुङ नगरपालिका को स्वास्थ्य शाखाले जनाएको छ । उनीहरुले भदौ १ गते छोरीको न्वारनमा गाउँलेलाई समेत बोलाई खसी का,टेरै भोज खुवाएका थिए । भोजमा पाहुना, आफन्त लगायतबाट ७० जना ‘क्लोज कन्ट्याक्ट’का रूपमा सहभागी भएको पाइएको नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेव डिल्ली आचार्यले जानकारी दिए।

छोरीको न्वारन गर्न गलुवा पुगेका २३ वर्षका युवामा ११ गते को’रोना पुष्टि भएसँगै भोजमा सहभागी पण्डित, पाहुना तथा अतिथि सहित ७० जनाको स्वाब सङ्कलन गरिएको आचार्यलेले बताए । ‘को’रोना समुदायमा गइ सेकेको अवस्थामा न्वारनमा सचेत व्यक्तिबाटै स्वास्थ्य मा’पदण्ड नअपनाई भोज गरेको पाइयो’, आचार्यले भने, ‘न्वारनमा भोज दिनेमै को’रोना देखिएपछि ७० जनाको स्वाब सङ्कलन गरेका छौँ, समाजमा सामान्य सचेतना नअपनाउँदा भयावहको अवस्था आउन सक्छ।’

नगरपालिकाले शुक्रबार गलुवा पुगेरै स्वाब सङ्कलन गरेको हो। सङ्क्रमितका परिवारमा को’रोनाको लक्षण समेत देखिएको पाइएको नगर स्वास्थ्य शाखाले जनाएको छ । स्वाब दिने मध्ये केहीलाई ज्वरो आउने तथा श्वास प्रश्वासमा समस्या हुने र घाँटी दुख्ने जस्ता सम स्या देखिन थालेको छ। स्वाब सङ्कलन गरिएका ७० जनामा न्वारन गरिएकी २२ दिनकी शिशुसमेत छिन् नागरिक स्तरबाटै सचेतना नअपनाउने होभने एकल प्रयासले मात्र कोरोना नियन्त्रण गर्न नसकिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए।

‘राज्यले भीडभाड नगर्नू, सामाजिक कार्य गर्दा सतर्कता सहित सामान्य गर्नू भनेकै छ, तर गाउँमा भोजभतेर, पूजापाठ, विवाहोत्सव चलेकै छ’, खनालले भने, ‘यस्तो गतिविधि शहरमा रोकिए पनि गाउँमा रोकिएको छैन।’ समुदायका मानिसमा को’रोना सचेतना नअपनाउँदा बागलुङ नगरपालिका भित्र तीव्रगतिमा कोरोना फैलिएको छ। नगरभित्रको समुदायस्तरमा एक दर्जन व्यक्तिलाई को’रोना पुष्टि भइसकेको छ। नगरपालिका भर भदौ १५ गतेसम्म निषेधाज्ञा जारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here