लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर तथा बेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदी (दुबसु) को शब्द शृजना रहेको गीत छायांकनको तयारीमा रहेको छ । जसमा विष्णु खरेल र रोश्ना कार्कीले अभिनय गर्ने भएका छन् । यस गीतमा संगीत शेखर सन्तोषको रहेको छ । भिडियोमा ड्रेस डिजाइन अन्जली केसी (आर्च कलेक्शन) र सह छायांकन आशिष श्रेष्ठको रहने छ ।
बेलायती समुदायमा व्यवसायिक उचाई एवं समाजसेवीको रुपमा परिचित खरेल कलाकारिता प्रति सानै देखिको रुचि म्युजिक भिडियो मार्फत प्रस्तुत गर्न पाउँदा आँफु निकै उत्साहित साथै वरिष्ठ गायक र महामहिम ज्यूको शब्द रहेको गीतको भिडियोमा अभिनय गर्न पाउनु जीवन कै उपलव्धि एवं अविष्मरणीय रहने उनले बताए ।
इमिग्रेसन एड्भाइजर समेत रहेका खरेल व्यवसाय, समाजसेवा सहित समय मिलेसम्म आगामी दिनमा अभिनयलाई निरन्तर्ता दिने उनको योजना छ । विष्णुलाई भिडियोमा साथ दिने मोडल रोश्ना कार्कीले बेलायतमै आधा दर्जन भिडियोमा अभिनय गरिसकेकी छिन् । उनी बेलायतमा स्थापित मोडलका रुपमा परिचित छिन् ।
भिडियोमा छायांकन, सम्पादन एवं निर्देशन पत्रकार कुशल श्रेष्ठको रहने छ । लण्डनका विभिन्न स्थानमा छायांकन गरिने भिडियोमा एक रातको कथा प्रस्तुत गरिने साथै यो भिडियो हरेक हिसाबले उत्वृष्ट रहने निर्देशक श्रेष्ठले बताए ।
बेलायती नेपाली समुदायमा फाट्टफुट्ट भिडियो निर्माण एवं निर्देशन गर्न रहर गर्ने व्यक्तिहरु भएता पनि भिडियो निर्देशन एवं संचार क्षेत्रलाई आयस्रोत कै रुपमा पूरा समय खर्चने कुशल श्रेष्ठ मात्र एक्लो व्यक्ति हुन् ।
उनले बेलायतको नेपाली समुदायमा मात्र नभएर अन्य थुपै्र समुदायसँग सहकार्य गर्दै फिल्म, म्युजिक भिडियो, विज्ञापन लगायत अडियो भिडियो सम्बन्धि थुप्रै काम गर्दै आएका छन् । गुणस्तर र विश्वासिलो कार्यका लागि श्रेष्ठको नाम पहिलो स्थानमा आउँछ । श्रेष्ठको आधा दर्जन भिडियो रिलिजको क्रममा छन् ।
अन्ततः सुर्खेतबाट छोरालाई आरो#प लगाउने आमा ,अनि छोरा दुबै मिडियामा ।बास्तबिकता यस्तो । Surkhet News.