Home Health भर्खरै यस्तो घोषणा, काठमाडौँमा भेटियो यतिधेरै संक्रमित, यस्तो बबण्डर, सरकारले लियो यस्तो...

भर्खरै यस्तो घोषणा, काठमाडौँमा भेटियो यतिधेरै संक्रमित, यस्तो बबण्डर, सरकारले लियो यस्तो निर्णय

328
0

भर्खरै यस्तो घोषणा, काठमाडौँमा भेटियो यतिधेरै संक्रमित, यस्तो बबण्डर, सरकारले लियो यस्तो निर्णय

याे पनि पढ्नुहोस्

दुब्लो व्यक्तिमा हुनसक्छ यस्तो रोग, कसरी मोटाउने ?
ओए कस्तो दुब्लाएकी ?, खाना नै खादैनौं कि के हो ? डाइटिङमा हो कि के हो ?’

माथिका प्रश्नले वास्तविक दुब्लो महशुस गर्ने व्यक्तिलाई निकै पीडा दिन्छ । मोटाउन चाहेर पनि कतिको शरीरको तौल बढ्दैन । जसले गर्दा यस्ता प्रश्नहरुले दुब्लो–पातलो मानिसलाई दिक्क लगाउँछ । मािनसहरुका यी प्रश्नले पनि दुब्ला व्यक्तिमा मोटाउने चाहना बढ्छ ।

हेर्दा मात्र कहाँ होर, दुब्ला व्यक्तिलाई सपिङ गर्न जाँदा पनि सामान किन्नै समस्या हुन्छ । मनपरेका कपडाहरु सबै ठूलो भइदिन्छन् । यस्तो समस्याबाट तपाईहरु पनि पीडित हुनुभएको छ होला । खासमा युवा युवतीहरु किन दुब्लो हुन्छन् ? आज हामी तपाईलाई यस विषयमा जानकरी दिदैछौं । दुब्लोपनको विभिन्न कारणहरु छन् । गर्भअवस्थामा आमालाई पौष्टिक तत्व नपुगेमा दुब्लो तौल भएको शिशू जन्मन्छन् ।

सामान्यतया साढे दुई केजी भन्दा कम तौल भएको शिशू जन्मिका उसलाई दुब्लो शिशू भन्न सकिन्छ । यस्तै जन्मिएपछि आमाको दुध कम भएमा पनि बालबालिकाको तौल घट्छ । आमाको दुध पर्याप्त नहुँदा बालबालिकाको रोगसँग लड्ने क्षमता कम हुन्छ र दुब्लाउछन्स्वा स्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको एक रिपोर्टमा पछिल्लो समय जंग फुट (चाउचाउ, विस्कुट लगायतका बाहिरी खाना) का कारण बालबालिका दुब्लाउँदै गएका छन् । बालबालिकामा पोषणको कमी भएका उनीहरु दुब्लो हुन्छन् ।

तर बालबालिकामा मात्र होइन युवाअवस्थामा खाइलाग्यो हुनुपर्ने ज्यान आजभोलिका युवामा पनि देखिदैन । दुब्लो भएकै कारण धेरै युवायुवती चिन्तित छन् । आफूले खाना खाइरहे पनि किन मोटाउदिन भनेर धेरै व्यक्तिले सोच्नुभएको होला । तर तपाईले ख्याल नै गर्नुभएको छैन कि ?

तपाईले खाने खानामा तपाईको लागि पोषणतत्व नै कम छ कि । वा छिटो र मिठो खाने नाममा तपाई पेट भर्न मात्र खाइरहनु भएको छ कि । पोषणविद्हरुका अनुसार आजभोली युवायुवतीहरु पोषणतत्व मिलेको खाना भन्दापनि भोक टार्न अघाउने खाना मात्रै खान थालेका छन् । जसले गर्दा शरीरलाई चाहिने क्यालरी नपुग्दा युवायुवतीहरु दुब्लाउँदै गएका छन् ।

सामान्यतया वयस्क व्यक्तिलाई दैनिक १८ सय देखि २ हजारसम्म क्यालोरी चाहिन्छ । दैनीक खाने खानमा उक्त परिमाणको क्यालोरी प्राप्त गर्न भएन भने मानिस मोटाउन सक्दैन । मोटो हुँदा मात्रै होइन दुब्लो व्यक्तिमा पनि समस्याहरु आउछ । उचाई अनुसारको तौल कम हुँदै जानुमा व्यक्तिमा क्यान्सरदेखि टिबी र एचआईभी सम्मका रोगहरु लागेको हुनसक्ने पोषणविदहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here