Home News आर्थिक लेनदेनको कारण मिल्ने साथीले नै ह,त्या

आर्थिक लेनदेनको कारण मिल्ने साथीले नै ह,त्या

232
0

झापाको शिवसताक्षी नगरपालिकाका ११ का २९ वर्षीय गोमनसिंह मगर र उनका साथी बच्चैदेखि सँगै खेल्दै हुर्केर बैदेशिक रोजगारमा पनि सँगै गएका थिए। अन्ततः तिनै मिल्ने साथिको ह,त्या उनकै साथी शिवसताक्षी नगरपालिका ८ बस्ने ३२ वर्षीय मनकुमार लिम्बूले गरेको खुलेको छ।

ह,त्या गरेकै दिन १६ गते साँझ पनि उनीहरु दुवै जना प्रदेश ०१–०१–०१२ प ५२२५ नम्बरको पल्सर मोटरसाइकलमा बेलुकाको हावा खान निस्केका थिए । मृ,तक गोमन सिंह मगरले चलाएको मोटरसाइकलमा एक किलोमिटर उत्तरमा रहेको रतुवामाई तिर पछाडि बसेर गएका उनकै साथी लिम्बूले शिवसताक्षी मन्दीर तिर मोडिने ठाउँमा पुगेपछि पछाडिबाट कर्द प्रयोग गरी ह,त्या गरेका थिए।

मोटर साइल रोकेर मृ,तक मगरले प्रतिकार गर्न खोज्दा मनकुमारले मगरलाई जंगलमा लगेर घाँ’टीमा प्र’हार गरेका प्रहरीले बताएको छ । म’रेको भन्ने पक्का भएपछि श,व नालीमा फालेर घर गइ मा,दक पदार्थ से’वन गरी सुतेको प्रहरी समक्ष लिम्बूले बताएका छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

आ’रोपित लिम्बूले ह,त्या पश्चात् उनको साथमा बोकेको आइफोन मोबाईल, धा’रिलो ह’ति यार क’र्द र आफ्नो मोबाइल झिलझिलेको खोलामा फा’लेका थिए। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख कृष्ण कोइरालाले भने, ‘ह,त्यारा घ’टना भएकै भोलिपल्ट प,क्रेका थियौँ। ह,त्याराले प्रयोग गरेका स’बुद र प्रमाण खोजी गर्दा ३ दिन समय लागेको हो। ’

याे पनि पढ्नुहोस्

सेवा प्रदायकले विदेशबाट ल्याउने ब्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एपलगायतमा आउने समस्याका कारण इन्टरनेटको स्पीड स्लो हुनसक्ने बताएका छन। प्रविधि पत्रकार मञ्च (टीजेएफ) नेपालले गरेको भर्चुअल अन्तरक्रियामा उनीहरुले इन्टरनेट स्लो हुनुमा आफुहरुको मात्रै कमजोरी नभएको पनि प्रष्ट पारेका छन् ।

सुबिसु केवल नेट प्रालीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनयमोहन साउदले भारतका टाटा, एअरटेललगायतका कम्पनीमा समस्या आउँदा, कुनै सेवा क्षमता भन्दा धेरै प्रयोग हुँदा र उपभोक्ताले प्रयोग गर्ने डिभाइसको गुण स्तर आदि कारणले पनि इन्टरनेट स्लो हुन सक्ने बताए। “ग्राहकको गुनासो जायज नै हो,इन्टरनेट सेवा प्रदायकले चर्को प्रतिष्पर्धाका कारण आफूसँग भएको क्षमताभन्दा धेरै एमबीपीएस दिन्छु भनेका पनि हुन सक्छन्, तर धेरै समस्या हाम्रो कारणले मात्रै आएका हुँदैनन्, हामी त उपभोक्ता र सर्भर वा एपबीचको पुल मात्रै हौं, तीन पक्षमध्ये एउटामा समस्या आयो भने इन्टरनेट स्लो हुन्छ” साउदले भने।

सिइओ साउदले ग्राहकको गुनासो सम्बोधनका लागि सबै सेवा प्रदायकले काम गरिरहेका र यसमा आफूहरुको पहलले मात्रै पूर्ण समाधान नआउने बताए। उनले कुनै बेला फेसबुक, युटुब, टिकटक लगायतका प्लेटफर्ममै समस्या आएको अवस्थामा पनि उपभोक्ताले इन्टरनेट सेवा प्रदायकलाई दोषी ठान्ने गरेको गुनासो गरे । यस्तै भायनेट कम्युनिकेसन प्रालिका प्रबन्ध निर्देशक विनय बोहोराले इन्टरनेट स्लो हुने उपभोक्ताको गुनासो कहिल्यै पनि अन्त्य नहुने बताए ।

उनले भने, “अहिले टिकटकका कारण नै इन्टरनेट स्लो भएको छ,भोलि यस्तै अर्को एप आउला, धेरै इन्टरनेट खपत गर्ने साइट आउला, त्योबेला पनि इन्टरनेट केही स्लो हुन सक्छ, त्यसैले यसको गुनासो पूर्णरुपमा समाधान हुन सक्दैन, हामीले कम गर्दै लैजाने हो ।” अहिले ८० प्रतिशत इन्टरनेट खपत भिडियोेमै रहेको र यो बढ्दो क्रममा रहेकाले आउँदा दिनमा कसरी गुणस्तरीय इन्टरनेट दिने भन्ने विषय चुनौतीपूर्ण रहेको बोहोराको भनाइ छ ।

उनका अनुसार अहिले नेपालमा इन्टरनेटको खपत धेरै बढेपनि त्यसलाई व्यवस्थापन गर्ने पूर्वाधार र उपकरण छैनन्, व्यान्डविथ पनि विदेशबाट ल्याउनुपर्ने बाध्यता छ,ठूला प्लेटफर्मका सर्भर र एक्सचेञ्ज नेपालमा राख्न सकेमा इन्टरनेट सेवा प्रदायकलाई गरिने आलोच ना केही कम हुनेछ । कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणले देशभर लागू गरिएको बन्दाबन्दी र निषेधाज्ञाका कारण सर्वसाधारण घरभित्रै बस्नुपर्दा इन्टरनेटको स्पीडमा थप समस्या भएको छ ।

विशेषगरी टिकटक, फेसबुक र युटुबका प्रयोगकर्ताको सङ्ख्या र चलाउने समय पनि बढेकाले इन्टरनेट पु¥याउन हम्मे–हम्मे परेको सुबिसु केवल नेट प्रालीका सीईओ साउदको भनाइ छ। लकडाउनपछि सुबिसु केवल नेटको मात्रै २२देखि २५ जीबीपीएस व्यान्डविथ को माग बढेको उनले जानकारी दिए । “लकडाउनअघि एउटा ग्राहकले महिनाभरमा झण्डै तीन सय जीबीपीएस इन्टरनेट खपत हुन्थ्यो, अहिले पाँचदेखि छ सय जीबीपीएस खपत भइरहेको छ, प्रायः जसो प्रयोगकर्ता कै कारणले पनि इटरनेट केही स्लो भएको हुन सक्छ, यो कुरा उहाँहरुले पनि बुझिदिँदा राम्रो हुन्छ”, सीईओ साउदले भने ।

उनका अनुसार को’रोनापछि गूगल ३७ प्रतिशत, फेसबुक ७२ प्रतिशत र टिकटकको प्रयोग ७५ प्रतिशत भन्दा धेरैले बढेको छ । मनोरञ्जनका लागि चलाइने एप या सर्भरले एचडी तथा उच्च क्षमतामा चलाउँदा इन्टरनेट स्लो हुने भएकाले सक भर त्यसो नगरि दिन आग्रह गरिएको छ । अन्तरक्रियामा सहभागी दूरसञ्चार विज्ञ आनन्दराज खनालले देशमा भइरहेको अनेक अभावबीच इन्टरनेट सेवा प्रदायक (आईएसपी)ले दिएको सेवामा सन्तुष्ट हुनुपर्ने बताए ।

महामारीको बेलामा इन्टरनेटको गुण स्तर सुधारका लागि विकसित देशले व्यान्डविथ बढाउने देखि अन्य धेरै पहल गरेको भए पनि नेपालले त्यसका लागि खासै पहल नगरेको धारणा व्यक्त गरे । आईएसपीले विदेशमा व्यान्डविथको पैसा भुक्तानी गर्न कयौं दिनयता र उता धाउनुपर्ने बाध्यता रहेको भन्दै खनालले सरकारले गुणस्तर सुधारका लागि नीतिगत र व्यवहारिक काममा ध्यान दिनुपर्नेमा जोड दिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here