Home News अझै भेटिएन छोराको ल।स खोलाको किनारमा बाबुको बास कठै जिन्दगि

अझै भेटिएन छोराको ल।स खोलाको किनारमा बाबुको बास कठै जिन्दगि

403
0

भिडियो हेर्नुहोस् तल तिर जानुहोस्

कपनमा सस्तोमा सुन किन्न बोलाएर १३ लाख लुटपाट
बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित आनीगुम्बा नजिकै ‘सुन किन्न’ गएका उदयपुर चौदण्डीका निराहाङ राई लुटिएका छन् । कपनको आनीगुम्बा नजिकैबाट लुटेरा समूहले उनको साथमा रहेको १३ लाख ५० हजार लुटेका हुन् ।बिहीबार साँझ सुन किन्न बोलाएर साथमा बोकेको पैसाको झोला खोसेर भाग्ने समूहका योजनाकारसहित पाँच जनालाई अपराध महाशाखा र प्रहरी वृत बौद्धले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका ३२ वर्षीय विष्णु थापा, सिन्धुपाल्चोक जुगलका २७ वर्षीय मेखबहादुर तामाङ, २८ वर्षीय रुवेन लामा गोले, २३ वर्षीय आकाश स्याङ्वो र सर्लाही हरिवन घर भइ कपन बस्ने विशाल लामा छन् ।

‘सस्तोमा सुन बेच्ने’ सपना देखाएर लुट्ने समूहका मुख्य योजनाकार रुवेन लामासँग ३७ वर्षीय निराहाङले सुनको डिल गरेका थिए । सानो टुक्रा सक्कली सुन देखाएर विश्वासमा पारेपछि रुवेनले पैसा लिएर गुम्बानजिक आउन भनेका थिए ।

गुम्बानजिक पुग्नासाथ रुवेनको समूहका चारजनाले निराहाङको साथमा रहेको झोला खोसेर भागे ।लुटेको पैसाले मकलवारी बस्ने सो समूहका मेखबहादुरले प्रदेश–३–०२–०१३प ३३८० नम्बरको पल्सर मोटरसाइकल किनेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । लुटपाटमा प्रयोग भएको बा.२४ प २८६७ नम्बरको पल्सर मोटरसाईकल प्रहरीले बरामद गरेको छ ।

सो समूहले गोकर्णेश्वर नपा–१ नयाँपाटीस्थित रुपा गुरुङको घरबाट चोरी गरेर लुकाई राखेको ४ लाख ६३ हजारसहित उनीहरुको डेरा कोठाबाट ८ लाख ७५ हजार रुपैयाँ बरामद गरिएको महानगरीय प्रहरी वृत बौद्धका डिएसपी नविन कार्कीले जानकारी दिए । लुटपाटमा संलग्न सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३२ वर्षीय सुजन बिक फरार छन् ।

अझै भेटिएन छोराको ल।स खोलाको किनारमा बाबुको बास कठै जिन्दगि Baglung.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here