Home News ज्ञानेन्द्र शाहीलाई पत्रकारले र्‍याखर्‍याख पारेपछि देखाए एकएक प्रमाण – र’क्सी वि’वाद देखि...

ज्ञानेन्द्र शाहीलाई पत्रकारले र्‍याखर्‍याख पारेपछि देखाए एकएक प्रमाण – र’क्सी वि’वाद देखि चेक सम्म (भिडियो हेर्नुहोस)

448
0

ज्ञानेन्द्र शाहीलाई पत्रकारले र्‍याखर्‍याख पारेपछि देखाए एकएक प्रमाण – र’क्सी वि’वाद देखि चेक सम्म (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
प्रधानमन्त्री केपी ओलीले १३औँ दक्षिण एशियाली फुटबल प्रतियोगिता ९साफ० नेपालमा आयोजना हुने बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार युवा तथा खेलकूद मन्त्रालयद्वारा आयोजित ‘थ्री नेसन्स कप’ को उपाधि विजेता राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार तथा सम्मानपत्र वितरण कार्यक्रममा उनले साफ फुटबल नेपालमा आयोजना गरिने बताएका हुन् ।

नेपाली टोलीलाई जित्ने उद्देश्यका साथ अभ्यास गर्न सुझाव दिए । प्रधानमन्त्री ओलीले साफ फुटबलको तयारी थाल्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र राष्ट्रिय खेलकूद परिषद् (राखेप) लाई निर्देशन दिए ।

आयोजक राष्ट्र बङ्गलादेशले प्रतियोगिताबाट हात झिकेपछि नेपालमा साफ आयोजना गर्न एन्फाले प्रस्ताव अघि बढाएका सन्दर्भमा प्रधानमन्त्री ओलीले उपाधि जित्नका लागि कडा मेहनत आवश्यक भएकाले नेपाली टोलीलाई जित्ने लक्ष्य लिएर मैदानमा उत्रिन आग्रह गरे ।

‘हामी साफ आयोजना गर्न सक्छौँ, मनोबल उच्च बनाउनुस्’, उनले भने । गत वर्ष चैतमा सम्पन्न ‘थ्री नेसन्स कप’ को फाइनल खेलको दशरथ रङ्गशालामा प्रत्यक्षरुपमा अवलोकन गरेको सम्झना गर्दै प्रधानमन्त्री ओलीले कद होचो भए पनि मनोबल उच्च भएकाले नेपाली टोलीले बङ्गलादेशसितको फाइनल खेल जित्नेमा आफू त्यतिबेलै आशावादी भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here