Home News मेरो बाबा नै मेरि आमाको हत्यारा हो ।। खुल्यो काभ्रेको जेठाजु बुहारी...

मेरो बाबा नै मेरि आमाको हत्यारा हो ।। खुल्यो काभ्रेको जेठाजु बुहारी काण्डको नालिबेली ।। Kavre Kanda

315
0

भिडियो हेर्न तल पट्टी जानुहोस्

वैवाहिक जीवनलाई सफल बनाउन अपनाउनुहोस् यी १० उपाय
सात जन्मका लागि साथ रहने कसम खाँदै सात फेरा लगाएर वैवाहिक बन्धनमा बाँधिने कतिपय महिला र पुरुषको सम्बन्ध टुट्न दुई मिनेट पनि लाग्दैन ।चाहना त कसको हुन्छ र सात जन्मसम्म सँगै जीवन विताउने भनेर कसम खाएका व्यक्तिसँग छुट्टिने ।

तर पनि परिस्थिति यस्तो बन्न जान्छ कि सँगै बस्नुभन्दा पनि छुट्टिनु जाती लाग्छ ।वैवाहिक जीवनलाई अकालमै टुङ्ग्याउनु अगाडि पति र पत्नीबीच केही यस्ता गल्ती र असमझदारी हुन्छन् जसबारे पूर्वजानकारी हने हो भने वैवाहिक सम्बन्धलाई दिगो बनाउन सकिन्छ ।

हामी तपाईंलाई यस्ता १० टिप्स बताउँदै छौं जसलाई अपनाउँदा तपाईं आफ्नो वैवाहिक जीवनलाई सुखमय बनाउन सक्नुहुन्छ ।वैवाहिक जीवनलाई सफल बनाउने १० टिप्स

– सफल वैवाहिक जीवनका लागि सबैभन्दा पहिलो र महत्वपूर्ण पक्ष भनेको एक–अर्कालाई बढीभन्दा बढी समय दिनु र धेरै समय साथमा बिताउनु हो ।

– शारीरिक अन्तरंगता, करियरमा सफलतालगायत विषय मात्रै सफल वैवाहिक जीवनको कारक हैन । पति–पत्नीबीच आपसमा एक दोस्रोका लागि सौहार्दपूर्ण भावना राख्नु, एक दोस्रोको भावनालाई सम्झिनु र आपसी समझदारीबाट समस्याको हल गर्नु हो ।

– कैयौं पटक कुनै एक विषयमा पति र पत्नीबीच फरक धारणा र सोच हुँदा पनि सम्बन्धमा तनाव उत्पन्न हुने अवस्था आउँछ । यस्तो अवस्था आउन नदिन एकअर्काको सोच, बिचार र सिद्धान्तको सम्मान गर्ने गर्नुपर्छ ।

– वैवाहिक जीवनलाई सफल बनाउन एक अर्काको काम र पेशालाई सम्मान गर्नु पनि महत्वपूर्ण हुन्छ ।– जिम्मेवारी निभाउँदा मात्रै पनि वैवाहिक जीवन सफल हुँदैन । कहिलेकाँही दुवैजना मिलेर रमाइलो गर्ने, घुम्न जाने, सरप्राइज पार्टी दिने पनि गर्नुहोस् । यसले तपाईको साथीलाई खुसी मिल्ने छ ।

– वैवाहिक जीवनलाई सफल बनाउने अर्को महत्वपूर्ण पक्ष यो पनि हो कि तपाईं आफ्नो जीवन साथीलाई कुनै तेस्रो व्यक्तिका अगाडि अपमान नगर्नुहोस् ।

– कैयौं पटक पति या पत्नीले आवश्यकताभन्दा बढी समय घरभन्दा बाहिर रहँदा अथवा समयमै घर नआउँदा पनि सम्बन्धमा दरार आउन सक्छ । यस्तो अवस्थामा आफू बाहिर रहनु तथा समयमै घर आउन नसक्नुको कारणबारे आफ्नो साथीलाई सत्य बताएर विश्वास दिलाउनु जरुरी हुन्छ ।

– सम्बन्धलाई बचाएर राख्नका लागि यो पनि जरुरी हुन्छ कि वर्षमा ४–५ दिनका लागि भएपनि बाहिर घुम्नु जानुहोस् ।– वैवाहिक जीवन सफल हुनुको श्रेय साेहार्दपूर्ण र साथित्वको व्यवहारलाई पनि जान्छ । तपाई परम्परागत पति अथवा पत्नी मात्रै नबन्नुहोस् । एक असल साथी बन्नुहोस् ।

– शारीरिक सम्बन्धले वैवाहिक सम्बन्धमा घनिष्ठता ल्याउँछ । तर यो जरुरी हुँदैन कि तपाईं हरेक समय शारीरिक सम्बन्धकै बारेमा सोच्ने गर्नुहोस् ।– वैवाहिक जीवनलाई सफल बनाउन पति पत्नीले एक अर्काको आवश्यकतालाई बुझेर उसलाई पूरा गर्ने कोशिश गर्नुपर्छ । वैवाहिक जीवन समधुर रहन्छ ।

मेरो बाबा नै मेरि आमाको हत्यारा हो ।। खुल्यो काभ्रेको जेठाजु बुहारी काण्डको नालिबेली ।। Kavre Kanda

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here