Home News सबैभन्दा पहिला अमेरिकाले नै दियो नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई, के – के...

सबैभन्दा पहिला अमेरिकाले नै दियो नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई, के – के भन्यो यस्तो छ सन्देश (भिडियो हेर्नुहोस)

438
0

सबैभन्दा पहिला अमेरिकाले नै दियो नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई, के – के भन्यो यस्तो छ सन्देश (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बिहान ११ बजे सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सर्ने भएका छन्। नेकपा(एमाले) संसदीय दलका नेता ओली तीन वर्ष चार महिना प्रधानमन्त्रीको कार्यकाल पुरा गरेर आज बालकोट निवास सर्न लागेका हुन्।

२०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली फागुन ६ गते बालुवाटार सरेका थिए। ओलीलाई युवा संघ नेपाल करिब २ हजार गाडी र ३ हजार मोटरसाइकलसहित बालकोट निवासका लागि स्कर्टीङ गर्ने तयारी रहेको एमाले युवा संघका इञ्चार्ज तथा सांसद महेश बस्नेतले जानकारी दिए।

उनले साढे १० बजे बालुवाटारमा भेला हुन आह्वान गरेका छन्। बस्नेतले भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म नागरिक अभिनन्दनसहित प्रस्थान गराउने कार्यक्रम रहेको बताए। ओलीको स्कर्टिङका लागि युवा संघ नेपाल र खेलकुद महासंघले तयारी गरेको छ।

अदालतको आदेशबाट केपी ओली नेतृत्वको सरकार ढलेसँगै शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन्। ओलीले जनादेश आफ्नो पक्षमा हुँदाहुँदै सर्वोच्च अदालतको परमादेशबाट सरकारबाट बाहिरिनुपरेको स्पष्ट पारेका छन्। ओलीले मंगलबार सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै भने, ‘म जनादेशबाट होइन, परमादेशबाट हटाइएको हुँ। जनादेश त अहिले पनि मेरो पक्षमा थियो।

तर, परमादेश शेरबहादुरजीको पक्षमा आयो।’ ओलीले सर्वोच्चको परमादेशकै कारण आफू सरकारबाट बाहिरिन लागेको बताए। सरकारबाट बाहिरिँदा चिन्ता नभएको उनको भनाइ थियो। उनले सर्वोच्चको फैसला मान्ने पनि बताए। ‘फैसलाको पालना गर्ने कुरामा पार्टी स्पष्ट रहेको कुरा म प्रष्ट पार्न चाहन्छु’, ओलीले भने, ‘नेपालको संविधान अक्षरको सँगालो मात्र होइन। दशकौं लामो संघर्ष र बलिदानको उपज हो।’

उनले आफू प्रतिपक्षमा बस्ने र पुनः चुनाव जितेर सत्तामा आउने दाबी गरे। ‘मेरो पूर्ण विश्वास छ, मुलुकले सुरु गरेको अग्रगतितिरको यात्रा कसैले पनि बिथोल्न सक्ने छैन र हामी त्यो बिथोल्न दिने पनि छैनौं’, ओलीले भने, ‘बादलले एक छिन अँध्यारो पार्न सक्ला, घामलाई छेक्न सक्ला तर सूर्यको प्रकाशलाई कसैले पनि निस्तेज पार्न सक्दैन। नेपाललाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउने महान अभियानमा म र मेरो पार्टी सधैंभरि अग्रमोर्चामा डटिरहनेछ। एकछिन् बादल लागेको छ। फेरि सूर्य बादल फटाएर उदाउनेछ।

आफ्नै अध्यक्षलाई पछारेर विपक्षी दलका सभापतिलाई उक्त पदमा पुर्‍याउन साथ दिने मुख्य नेता हुन् माधवकुमार नेपाल। एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको अत्यन्त तिक्ततापूर्ण सम्बन्धले यो अवस्था सिर्जना भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here