Home News बैदेशिक रोजगारमा जानेले खो’प लगाउन के के डकुमेन्ट चाहिन्छ ? (जानकारीका लागि...

बैदेशिक रोजगारमा जानेले खो’प लगाउन के के डकुमेन्ट चाहिन्छ ? (जानकारीका लागि सेयर गराै)

235
0

काठमाडौं : सरकारले बैदेशिक रोजगारमा जाने युवालाई कोरोनाको खोप लगाउने भए संगै अर्को चर्चा चुलिएको छ ।

बैदेशिक रोजगारमा जाने युवा र बैदेशिक रोजगारबाट छुट्टीमा आएका नेपाली कामदारहरुलाई सरकारले कुन आधारमा र के के डकुमेन्टको आधारमा खोप लगाउने अनुमती दिन्छ । यो नै अहिले धेरैको प्रश्न रहेको छ ।

मलेसिया, साउदी अरबिया, दुबै, कतार, ओमान , कोरिया, टर्की जस्ता देशमा रोजगारिको लागि जाने नेपाली युवालाई रोजगार दाता देशले कोरोनाको भ्याक्सिन पहिलो सर्तको रुपमा राखे संगै रोजगारमा जाने युवालाई भ्याक्सिन दिनु पर्ने माग उठ्दै आएको थियो ।

खोप नपाएकै कारण बिदेशको रोजगारी गुम्ने खतरा रहेको बेला सरकारले भेरोसेल खोप र जोनसोन एण्ड जोनसनको खोप दिने तयारी गरेको छ । भने बैदेशिक रोजगारमा जाने युवाहरु र बैदेशिक रोजगारबाट छुट्टिमा आएका तर बिदेश फर्कनु पर्ने युवाहरुको लागि भ्याक्सिन दिन थालिएको छ ।

भ्याक्सिन लगाउनको लागि बैदेशिक रोजगारबाट छुट्टिमा आएकाको हकमा भिसा स्ट्याम्प लागेको पासपोर्ट चाहिने अनुमान गरिएको छ भने । बैदेशिक रोजगारमा जान लागेका युवाहरुको हकमा मेनपावर कम्पनीले तयार गरेको प्रक्रिया, राहदानी लगायतका डकुमेन्ट चाहिने र त्यसलाई जिल्ला प्रशासन कार्यालयले प्रमाणित गरेको अवस्थामा भ्याक्सिन दिने जानकारहरु बताउछन् ।

सरकारले बैदेशिक रोजगारमा जाने युवाहरुको लागि भ्याक्सिन दिन लागिए संगै बैदेशिक रोजगारमा जान नपाएर रोजगार गुमाउने डरमा रहेका युवाहरुमा खुसी याली छाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here