Home News आमाछोरा का#ण्ड : गंगाको छोरी पहिलो पटक मिडियामा, DNa चेक बारे नेताले...

आमाछोरा का#ण्ड : गंगाको छोरी पहिलो पटक मिडियामा, DNa चेक बारे नेताले गरे गम्भिर खुलासा

427
0

भिडियो हेर्न तल पट्टी जानुहोस्

भदाै १ गतेबाट पुन:यसरी हुँदैछ बिदेशमा अलपत्रहरूकाे उद्धारका,दैनिक ५ सय ल्याइने
काठमाडौं, ३० साउन । कोरोना भाइसरको संक्रमण विश्वभर फैलिएपछि केहि महिना पहिलेबाट बिदेशमा अलपत्र परेका नेपालीहरुको उद्धारको काम भइरहेको थियो ।

तर सरकारले यसअघि भदै १ गतेबाट व्यवसायिक उडान खुला गर्ने निर्णय गरेकाले ती कार्यहरु स्थगित भएका थिए । तर तत्काल व्यावसायिक उडान भर्न नसकिने सरकारकाे पछिल्लाे निर्णयपछि पुन: नियमित उद्धार हुने भएको छ ।

सरकारले बिदेशमा अलपत्र परेका नेपालीहरुको भदाै १ गतेबाट पुन: उद्धारको उडानहरु भराउन भएको हो । सम्बन्धित मुलुकको दुतावासको सिफारिसमा अवस्था हेरेर दैनिक ५०० नेपालीको उद्धार हुनेछ ।

त्यसमा ३०० जना भने आँफै टिकट गरेर आउनसक्ने नेपाली समावेश हुनेछन् । त्यस्तै २०० जनालाई भने सरकारको खर्चमा नेपाल ल्याइनेछ । हालसम्म अलपत्र परेका ५० हजार ४ सय १३ नेपालीको उद्धार भइसकेको सरकारी तथ्याङ्क छ ।

जसमा यूएकईबाट सबैभन्दा धेरै नेपाली स्वदेश फर्किएका छन् । आज मात्रै नेपाल एयरलाइन्सको जहाजले नारिताबाट ५ बच्चासहित १ सय ५४ जना यात्रुलाई काठमाडौं ल्याएको छ ।

याे पनि पढ्नुहोस्

पुलिस क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा
काठमाडौं, २४ फागुन । नेपाल पुलिस क्लबले पोखरामा जारी १८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।पोखरा रङ्गशालामा आज प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा आयोजक सहारा क्लबलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गरी विभागीय टोली पुलिस क्लबले प्रतियोगिताको अन्तिम चारमा पुगेको हो ।

टाइब्रेकरमा पुलिसका भरत शाह, हेम तामाङ, सुमन सुवेदी र सौजन योक्काहा राईको प्रहार गोलमा परिणत हुँदा अनुप लिम्बूको प्रहार सहाराका गोलकिपर अर्पण कार्कीले रोक्न सफल हुनुभएको थियो ।सहाराका आशिष गुरुङ र अजय श्रेष्ठले मात्र गोल गर्नुभयो । विदेशी खेलाडी उल्रिचको प्रहार पुलिसका गोलकिपर रोशन खड्काले बचाउनुभयो भने त्रिदेव गुरुङको प्रहार पोष्टमाथिबाट बाहिर गएको थियो ।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएकामा पुलिसले खेलको ७८औँ मिनेटमा भरत शाहको गोलमार्फत अग्रता बनायो ।पुलिस खेलमा जित नजिक पुगेको अवस्थामा नियमित समयको थप गरिएको चार मिनेटको समयमा अन्तिम मिनेटमा घरेलु टोली सहाराले बराबरी गोल फर्कायो । सहाराका वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्नुभएका अजय श्रेष्ठले प्रमेश गुरुङको पास सदुपयोग गर्दैै गोल गर्नुभएको हो ।

नियमित समयपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीले थप गोल गर्न असफल भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । खेलको ११९औँ मिनेटमा पुलिसका कप्तान भोला सिलवाल दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिँदा पुलिस १० खेलाडीमा सीमित भएको थियो । खेलमा पुुलिस क्लबका गोलकिपर खड्का ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु पाँच हजार तथा ट्रफी पुरस्कार प्राप्त गर्नुभयो ।

खेलपछिको पत्रकार सम्मेलनमा पुलिस क्लबका कप्तान भोला सिलवालले पाएको अवसर सदुपयोग गर्न नसक्दा र अन्तिम केही सेकेण्ड मात्र सम्हालिन नसक्दा टाइब्रेकरसम्म खेल पुगेको प्रतिक्रिया दिनुभयो ।सहाराका प्रशिक्षक विष्णु गुरुङले हारजित आफ्नो ठाउँमा रहे पनि एकेडेमीका युवा खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको उल्लेख गर्नुभयो । आगामी चैत १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु १० लाख एक हजार तथा उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् । रासस

आमाछोरा का#ण्ड : गंगाको छोरी पहिलो पटक मिडियामा, DNa चेक बारे नेताले गरे गम्भिर खुलासा.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here