Home News खुसिको खबर: जापानको सक्रियतामा धमाधम यसरी बन्दैछ नेपालकै पहिलो सवारी साधन गुड्ने...

खुसिको खबर: जापानको सक्रियतामा धमाधम यसरी बन्दैछ नेपालकै पहिलो सवारी साधन गुड्ने आधुनिक सुरुङ मार्ग , भिडियो हेर्नुहोस (जानकारीका लागि सेयर गराै)

222
0

प्रधानमन्त्री के.पी. शर्मा ओलीले नेपाल सुरुङमार्ग युगमा प्रबेश गरेको घोषणा गरेपछी शुरु भएको नागढुङ्गा सुरुङ मार्गमा उत्साहजनक प्रगति भएको छ ।

मुलुकमा कोभिड–१९ सङ्क्रमण जोखिम बढेसँगै दुई वटा लकडाउन भई कतिपय राष्ट्रिय गौरवका आयोजना पनि थला परिरहेका बेला नागढुङ्गा सुरुङमार्ग निर्माण प्रगति भने उत्साहजनक रहेको छ ।

निर्माण कार्यलाई तीव्र रूपमा अघि बढाउने सन्दर्भमा केही विदेशी तथा ५० नेपाली इञ्जिनियरसहित ६०० भन्दा बढी मजदुरको अहोरात्र परिचालनपछि हाल आयोजनाको समग्र भौति। क १५.९ र आर्थिक प्रगति २५.५५ प्रतिशत पुगेको आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिनु भएको छ ।
काठमाडौंको बलम्बुस्थित तोतीपाखाबाट सुरू भई धादिङको सिस्नेरीखोलामा पुगेर अन्त्य हुने मुख्य सुरुङ २५८ मिटर र सहायक सुरुङको प्रगति ४९९ मिटर पुगिसकेको आयेजनाले जनाएको छ।

विगतमा दैनिक छ मिटर खनिँदै आएको मार्ग हाल दुई सिफ्टमा कर्मचारी खटाएर दैनिक १२ मिटरसम्म सुरुङ अघि बढेको आयोजनाले संसदीय समितिलाई जानकारी गराएको छ। जग्गाको मुआब्जा छ अर्ब रुपैयाँसहित करिब २२ अर्ब लगानी अनुमान गरिएको दुई दशमलव ६९ किलोमिटर लामो नागढुङ्गा सुरुङमार्ग २०८० वैशाख १३ (सन् २०२३ अप्रिल २६) अघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य छ।

कोरोना जोखिमलाई ध्यान दिँदै आयोजना परिसरमै ३२ शय्याको आइसोलेशन केन्द्र पनि बनाइएको छ। प्राविधिक तथा मजदुर गरी यसबीचमा आयोजनामा कार्यरत ८६ जनामा कोभिड–१९ देखिएपछि केही दिन काम प्रभावित भएको थियो।

उक्त आयोजनाको शिलान्याससँगै राज्यले नेपाल सुरुङ मार्गको युगमा प्रवेशको घोषणा गरेको सन्दर्भमा उक्त निर्माणको सफलताले आधुनिक सुरुङ मार्ग बनाउने दिशामा स्वदेशी प्राविधिकलाई ठूलो हौसला मिल्ने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here